पार्वती आचार्य
कपिलवस्तु । ‘युवा स्वरोजगारको बलियो आधार, पर्यटन एवम कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्सान’ भन्ने मुल नाराका साथ आगामी मंसिर २१ गते देखि पुस १ गते सम्म १४ औं कपिलवस्तु महोत्सव संचालन हुने भएको छ । हरेक वर्ष बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा बाणगंगाको बुद्ध रंगशालामा महोत्वस हुने गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै महोत्वसको तयारी लगायत शिक्षा, स्वास्थ्य, कृषि सम्बन्धि तालिम, संस्कृति लगायत विविध विषयको बारेमा जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा महोत्सवका संयोजक तथा आयोजक बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राज कुमार खाणले महोत्सवलाई सफल रुपमा सम्पन्न गराउनको लागि जिल्लाका सञ्चार माध्यमहरुको विशेष भूमिका रहने बिश्वास व्यक्त गरे ।
कपिलवस्तुको पहिचानको रुपमा स्थापित भएको यस महोत्वसले जिल्लाको पर्यटन, कृषि सङ्गै व्यवसायलाई प्रवद्र्धन गर्न विशेष भुमिका खेल्ने खाणले बताए । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्वसबाट आफुहरुले धेरै ज्ञान हासिल गरेको भन्दै चौधौं महोत्वसलाई उत्कृष्ट बनाउने खाणको भनाई छ ।
त्यस्तै सम्मेलनमा बोल्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलक राम घिमिरले महोत्सवले आर्थिक संकटलाई चलाएमान बनाउन स्थानिय तहसंग समन्वय गरेर अगाडी बढ्ने बताए । पर्यटनको हिसावले हेर्ने हो भने कपिलवस्तु जिल्ला र छिमेकी जिल्लाहरुमा रहेका पर्यटनहरुको बिषयमा प्रचारप्रसार व्यापक रुपमा गर्दै आएको बताए । संचार क्षेत्रले सहि र सत्य समाचार संम्प्रेषण गरी नगर र जिल्लाको गरिमा बढाउन आग्रह गरे ।
कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेले, बिश्नु न्यौपाने, वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, युवा नेता शक्ति सिंह ठकुरी लगायतले बोल्दै १४ औँ कपिलवस्तु महोत्सवलाई सफल रुपमा सम्पन्न गर्न जिल्लाका हरेक क्षेत्रले सहयोग पुर्याउनु पर्नेमा जोड दिए । साथै यहाँको उत्पादनलाई कसरी बृद्धि गर्न सकिन्छ सो बिषयमा महोत्सव सबैको साझा भएको हुँदा जिल्लावासी लाग्न जरुरी भएको वक्ताहरुको भनाई छ ।
यसैगरी बाणगंगा वेलफेयर सोसाइटीका महासचिव तथा महोत्वसका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)ले विगतका महोत्सव भन्दा उत्कृष्ट बनाउने लक्ष्य रहेको बताए । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने , शिक्षा , स्वास्थ्यमा अक्षयकोष स्थापना गर्ने, सामाजिक र आर्थिक क्षेत्रमा प्रतिफल आउने खाल्का कार्यहरु गरिने लक्ष्य रहेको बताए ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारीले महोत्सवलाई सफल पार्न जिल्लाका हरेक सञ्चारकर्मी सकारात्मक रुपमा लाग्ने विश्वास व्यक्त गरे। महोत्वस समितिले मिडियालाई सकारात्मक रुपमा हेरेर उचित मुल्याङ्कन गरिदिन उपाध्यक्ष अधिकारीले आयोजकलाई आग्रह गरे ।
बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणको अध्यक्षता तथा महासचिव बुद्धि बहादुर रोकाहा (दिनेश) क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको पत्रकार सम्मेलन कार्यक्रममा जिल्लाका क्रियासिल पत्रकारहरु र आयोजक संस्थाका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।