उपभोक्ता हित संरक्षण मञ्च बुटवलको शुभकामना आदान प्रदान

मेचीकाली संवाददाता

२३ कार्तिक २०८०, बिहीबार
276 shares

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च बुटवलको आयोजनामा बिहीबार आउदै गरेका चाडपर्वहरू दिपावाली, छठ तथा नेपाल सम्बतको अवसवरमा पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठकको प्रमुख आतिथ्यताका कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै पाठकले भूकम्प प्रभावित क्षेत्रमा राहत पु¥याउन सबै तहका सरकारको ध्यान जानुपर्ने बताए । पाठकले चाडपर्वको समयमा मानव स्वास्थ्यमा असर पर्ने मिसावट हुने अनुगमनमा तदारुपता आवश्यक रहेको बताए ।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले जिल्लाभर उपभोक्ता अधिकार सम्बन्धी जनचेतना कार्यक्रम गर्ने बताए । जिसीले केन्द्रबाट आएको १६ बुँदे सर्कुलर निर्देशिका कार्यान्वन गर्ने निर्णय भएको बताए । कार्यक्रममा विशेष अतिथि तथा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य ऋषि आजाद, सैनानैना अध्यक्ष दुर्गा गौतम तिलोत्तमा अध्यक्ष तुल्सीराम भण्डारी भैरहवा अध्यक्ष नरेन्द्र भण्डारी लगायतले बोलेका थिए ।

जाजरकोट र रुकुम पश्चिममाको भुकम्पमा मृत्यु हुनु भएका जनताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते आपाङ्गको स्वास्थ लाभको कामना पनि गरिएको थियो ।