तुलसीराम पौडेल —
रुपन्देही , कार्तिक २३
रुपन्देही स्थित शुद्दोधन गाउँपालिकामा सहकारी तथा गरीबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि ३ दिने तालिम बिहीबार सम्पन्न भयो ।शुद्दोधन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सहकारी शाखाको आयोजनामा कार्तिक २०,२१ र २३ गते उक्त तालिम सम्पन्न गरेको हो ।
तालिममा शुद्दोधन गाउँपालिका अन्तरगतका सम्पूर्ण सहकारीहरुका अध्यक्ष तथा व्यबस्थापकहरुको सहभागिता रहेकोे थियो ।तालिमको सहजीकरण प्रशिक्षकहरु सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनी, सिद्दार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गर्नुभएको थियो ।तालिम एक कार्यक्रमका बीच समापन भएको थियो ।सहकारी संजाल शुद्दोधनका अध्यक्ष लेखबहादुर खत्रीको अध्यक्षता र शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
शुद्दोधन गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट महाकल्प कृषि सहकारीका अध्यक्ष चिन्तामणी खरेलले सहकारी तालिम सम्बन्धि आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।