सहिद भिम खड्काको स्मृतिमा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना

मेचीकाली संवाददाता

११ मंसिर २०८०, सोमबार
460 shares

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाँउपालिका–५ बाँगी निवासी सहिद भिम खड्काको स्मृतिमा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

हाल शितगंगा नगरपालिका–७ निवासी श्रीमति रिता खड्का र छोरा विशाल खड्काले बाँगीस्थित शान्ति माध्यमिक विधालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर खड्का परिबारले अक्षयकोषको माध्यमबाट दिवंगत श्रीमान् र बुवाको सधैं सम्झना भइरहने विश्वास व्यक्त गरे ।

अक्षयकोषको रकमबाट छात्रावृत्ति वितरण गर्न कार्यविधि बनाइएको छ । त्यही कार्यविधिमा आधारित भएर विद्यार्थीलाई अक्षयकोषबाट आउने वार्षिक ब्याजबाट विद्यालयमा रहेका गरिब जेहेनदार, जनजाति, दलित र उत्कृष्ट छात्र÷छात्रा विद्यार्थीलाई सहयोग गर्ने योजना छ । सहिद भिम खड्का स्मृति नामक खातामा उक्त रकम राखिने छ ।

अक्षयकोषको संस्थापकमा श्रीमती रिता खड्का र संरक्षकमा छोरा विशाल खड्का रहने बताइएको छ । ‘श्रीमानको सम्झनालाई जीवन्त राख्न मेरो परिवारको तर्फबाट स्थापना गरिएको अक्षयकोष उहाँको सम्झनामा समर्पण गरिएको छ’, खड्काले भनिन् ‘पढ्न नपाएकाले सजिलै पढ्न पाउन, सधैँ स्मरण गर्ने माध्यम बनोस् भनेर अक्षयकोष स्थापना गरेका हौँ ।’

कार्यक्रममा अक्षयकोषका संरक्षक विशाल खड्काले बुवा परिवर्तनशील युगान्तकारी सामाजिक रुपान्तरणको आन्दोलनमा विरगति प्राप्त गरेपनि बुवाको सम्झनामा अक्षयकोषको स्थापना गरेको बताए । बुवा गरिब जेहेनदार पिछडिएको बर्गको उत्थानमा लाग्दा सहादत प्राप्त गरेको उनको भनाई थियो । विद्यालयका प्रध्यानाध्यापक मानबहादुर पाण्डेले अक्षयकोषले विद्यालयमा रहेका आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुग्ने बताए । यस्ता किसिमका रचनात्मक र सामाजिक कामले सबैलाई फाईदा टेबा पुग्ने उनको भनाई थियो ।

र्यक्रममा विद्यालय व्यबस्थापन समितिका सदस्य तथा वडा नं ५ का अध्यक्ष तिलक मिश्रले शिक्षा क्षेत्रलाई सुधार गर्न अग्रसर गराउनको लागि सबैको सहयोग आबश्यक रहने हुँदा खड्का परिबारले गरेको सकारात्मक रचनात्मक कामको सबैले अनुसरण गर्नुपर्ने बताए ।
भिम आफ्नो असल मित्र भएको बताउदै उनि परिवर्तनशील सामााजिक व्यक्ति हुदाँहुदै पनि कुरतापुर्बक सरकार पक्षबाट यातना दिएर हत्या गरीएको बताउँदै यस्ता किसिमका जगन्य अपराध कसैलाई सैय नहुने उनको भनाई थियो ।

स्व. खड्कालाई २०५२ सालमा माओबादीले सुरु गरेको जनयुद्धमा लागेबापत २०६१ साल बैशाख २४ गते मालारानी गाँउपालिकाको वडा नं ५ र ६ को बिच टिमुरेखोलामा नेपाली सेनाले हत्या गरेको थियो ।