बाणगंगाबाट लागुऔषध सहित दुईजना पक्राउ

मेचीकाली संवाददाता

१४ मंसिर २०८०, बिहीबार
200 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिकाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । वाणगंगा नगरपालिका वडा नं. ३ कर्महना स्थित ४ नं. जितपुर–तौलिहवा सडक खण्डमा चल्ने सवारी चेकजाँचको क्रममा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित २ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी गजेडहाबाट खटिएको प्रहरी टोलिले सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा उक्त सामाग्री फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पक्राउ पर्नेमा वाणगंगा नगरपालिका वडा नं. १ बस्ने ३० वर्षीय विजय राईले चलाएको लु १८ प ५५०८ नम्बरको मोटरसाईकल रोकी चेकजाँचको क्रममा सोहि मोटरसाईकल पछाडि सवार वडा नम्बर २ बस्ने ३४ वर्षीय दिनेश घिमिरेको साथबाट लुकाईछिपाई राखेको चेकजाँच गर्ने क्रममा १ (पोका) पुरिया लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ तौल गर्दा ४ ग्राम २०० मिलिग्राम फेला परेकोले थियो ।

उक्त पदार्थ र लु १८ प ५५०८ नं. को मोटरसाईकल सहित चालक विजय राई र पछाडी सवार दिनेश घिमिरेलाई कानून वमोजिम पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालत बाट लागु औषध मुद्धामा म्याद थप भई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।