मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन

मेचीकाली संवाददाता

१८ मंसिर २०८०, सोमबार
190 shares

बसन्ती आचार्य

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–३ स्थित यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना, कपिलवस्तु नगरपालिका, वडा नं १ र ३ को वडा कार्यालयको समन्वय तथा इन्सेकको सहयोगमा लैंगिंक हिंसा विरुद्धको सचेतना सम्बन्धि सडक नाटक मंसिर १७ गते नगरपालिकाको वडा नं. १ स्थित गौढी चौकमा सम्पन्न गरिएको छ ।

‘लैंगिंक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ १६ दिने लैगिंक हिंसा विरुद्धको अभियानको अवसरमा बालबालिकाहरुले उक्त सडक नाटक प्रदर्शन गरेका हुन् ।

नाटकमा अभिभावकहरुले छोरा र छोरीलाई बराबर अधिकार दिनुपर्ने, आफन्तहरुबाट नै बिभिन्न प्रलोभन देखाएर बेचबिखनमा महिला तथा बालबालिकाहरु पर्दै आएको हुँदा अभिभावकहरु सचेत हुनुपर्ने, दाईजो, घरेलु हिंसा, श्रम शोषण र लैंगिक हिंसाले आर्थिक, समाजिक रुपमा असर पर्ने, लैंगिंक बिभेद हुँदा छोरीहरुले बिभिन्न हिंसाहरु भोग्नुपर्ने र बेचिनुपर्ने बाध्य हुने भएको हुँदा लैंगिंक हिंसा न्यूनिकरण गर्न आफ्नो घरदेखि नै सचेतना फैलाउन सबैले हातेमालो गर्नुपर्ने लगाएतको सन्देश मूलक बिषयमा बाल अधिकार समूहका पदाधिकारीहरुले नाटक मार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष बिष्णु बारीले १६ दिने लैगिंक हिंसा विरुद्धको अवसरमा बिद्यालयका वालबालिकाहरुले स्वरुप बदलेर मानव बेचबिखनको समस्या समाजमा बढ्दै गएको सन्देश मूलक सडक नाटक प्रस्तुत गर्नु समय सान्दर्भिक भएको बताए ।

कार्यक्रममा मानव अधिकार लुम्बिनी प्रदेश संजाल अध्यक्ष पुष्पा रेग्मीले बालवालिकाहरुले सोह्र दिने लैगिंक हिंसा विरुद्धको अवसरमा मानव त्रेचबिखन तथा ओसार पसार सम्बन्धि सन्देश मुलकसहित नाटकको आयोजना गरी सचेतना दिएकोमा धन्यवाद दिए । छोरीहरुका लागि शिक्षामा लगानी लगाए लैगिंक हिंसा, मानव बेचखिन लगाएत बिभिन्न हिंसाहरु महिला बालबालिकाले भोग्न नपर्ने उनको भनाई छ ।

यस्तै मानव अधिकार समूहका बरिष्ठ सल्लाहकार पशुपत्तिमणि त्रिपाठीले आजका बालबालिका भविष्यका कर्णधार भएको हुँदा बालबालिकामा लगानी लगाउन सके पछुताउन नपर्ने बताए । नाटकको अवलोकन गर्दै त्रिपाठीले बिद्यालयका बालबालिकारुले समुदायस्तरमा सम्म पुगेर नागरिकलाई सचेत बनाउनु महत्वपूर्ण बिषय भएको बताए ।

यस्तै बाल संरक्षक शिक्षक बिकास कुमार बञ्जाडेले सडक नाटकको सहजीकरण गर्दै बाल बालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धिसँगै बिद्यालय र समूदायमा महिला माथि हुने घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपासर, श्रम शोषण र लैंगिक हिंसामा सचेनता जगाउन सडक नाटक प्रभावकारी हुने बिश्वास व्यक्त गरे ।

प्रहरी नायव निरीक्षक कृष्ण श्रेष्ठले समाजमा घट्ने लैगिंक हिंसा लगाएतका बिभिन्न हिंसाहरु भएको थाहा पाएमा प्रहरीमा खबर गर्न आग्रह गरे । हिंसा न्यूनिकरण सम्पूर्ण सरोकारवालाहरु जागरुक हुन जरुरी भएको उनको भनाई छ । सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम मार्फत बिभिन्न सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।

बाल अधिकार चेतना समूहका अध्यक्ष स्नेहा कान्दुले समूहद्वारा मानव बेचबिखन तथा ओसारपसार ,जातिय विभेद, शिक्षा, स्वास्थ्य , लैंगिक विभेद, बाल विवाह , दाईजो , वातावरण लगायतका बिषयमा अभियान सञ्चालन गर्दै आएको बताए । इन्सेकले गरेको सहयोगबाट विभिन्न सचेतीकरणका चेतना मूलक अभियानहरु संचालन गर्दै आएको र बिद्यालय गाउँ समाजमा बढ्दै गएको लैंगिंक हिंसाका घटनाहरुको न्यूनिकरण गर्न शिक्षालाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

सडक नाटक बाल अधिकार चेतना समूहका अध्यक्ष स्नेहा कान्दुको संयोजकत्वमा १४ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । कार्यक्रममा कार्यवाह वडा अध्यक्ष , मानव अधिकार प्रदेश संजाल संयोजक , इन्सेक प्रतिनिधि , बरिष्ठ मानव अधिकारकर्मी , सुरक्षाकर्मी , साथी संस्थाका संयोजक , बिद्यालयका शिक्षकहरु , संचारकर्मी , बाल अधिकार चेतना समूहका सदस्यहरु , बिद्यार्थीहरु स्थानिय लगायतको सहभागिता रहेको थियो ।