सिद्धबाबा मन्दिर नजिकै एक पुरुषको शव फेला

मेचीकाली संवाददाता

१९ मंसिर २०८०, मंगलवार
223 shares
सांकेतिक तस्विर

बुटवल । सिद्धबाबा मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान पाल्पाको तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिर नजिकै सडकको नालीमा अन्दाजी ५०/५५ वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
प्रारम्भिक अनुसन्धानमा ती पुरुष विगत केही दिनदेखि सिद्धबाबा मन्दिर आसपासमा मागी खाने र सोही ठाउँमा बस्दै आएका थिए । मृतक को साथमा दुई वटा झोला समेत रहेको प्रहरीले जनाएको छ ।