बाणगंगामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

मेचीकाली संवाददाता

२५ मंसिर २०८०, सोमबार
175 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिकाको आयोजनामा भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक समापन भएको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य बिस्नु पन्थीले महिलाले अवसर पाए सहज रुपमा काम गर्न सक्ने बताएका छन् । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको औपचारिक समापन कार्यक्रममा बोल्दै सांसद पन्थी सो कुरा बताएका हुन् । स्थानीय निकाय देखि विद्यालय, संघ संस्थामा समेत महिलाको सङख्यामा बृद्धि हुँदै गएको बताउदै महिलाले गरेका हरेक काम ईमान्दार र राम्रो हुने बताए । हिंसा आर्थिक संग पनि जोडिने भएको हुँदा गरिविका कारणले पनि हिंसा हुने गरेको बताउँदै सांसद पन्थीले नगर मात्रै नभएर देश समृद्ध बनाउन सबै जुट्नु पर्नेमा जोडदिएका थिए ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले पछिल्लो समय सुचना र प्रविधिको बढ्दो प्रयोगले पनि हिंसाको प्रबृत्ति स्वरुप फेरर भईरहेको बताए । समृद्ध र हिंसा रहित नगर बनाउन नगरपालिका भित्रका महिलाहरुलाई आयआर्जनसंग जोड्दै विभिन्न आयमुलक, सीपमुलक र शसक्तिकरणका कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताए ।
यस्तै कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरीले जो कोहि पनि आर्थिक रुपमा शसक्त हुन जरुरी रहेको बताईन् । महिलाहरु आर्थिक रुपमा सशक्तिकरण भए मात्र हिंसा न्युनिकरण हुँदै जाने भएको हुँदा नगरपालिकाले महिला लक्षितका कार्यक्रमहरुलाई अगाडी बढाएको बताईन् ।

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनिले घरेलु हिंसाका स्वरुपहरु, नेपालमा लैगिंक हिंसाको प्रकार र अवस्था, लैङ्गकि हिंसाका स्वरुपहरु, लैंगिक हिंसाका असरहरु, लैंगिक हिंसा अन्त्य र लैंगिक समानताका लागि भएका नितिगत प्रयासहरु, लैङ्गकि हिंसा न्युनिकरण, लैंिगक समानता, लैङ्गिक समता ,हिंसा भनेको के हो ? हिंसा किन हुन्छ र हिंसा निवारण कसरी गर्न सकिन्छ लगाएतका बारेमा जानकारी दिएका थिए ।

यस्तै इन्सेक प्रतिनिधी तथा संचारिका समूह जिल्ला अध्यक्ष पार्वती आचार्यले लैगिंक हिंसाको जिल्ला र नगरको अवस्था, मानव अधिकारको अवस्था, लैगिंक हिंसाको नगरको अवस्था, हिंसाका प्रकार लगाएतको बिषयमा तथ्यांक सहित कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा बाणगंगा नगरपालिका १ की पूर्व वडा अध्यक्ष बालकुमारी पन्त अधिकारी, नेपाली काग्रेस नगरसमितीका अध्यक्ष बिस्नु थापा, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझी, नागरिक समाज कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछाई, सिद्धार्थ समाजिक विकास केन्द्रका शोभा आचार्य, सिद्धार्थ बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष ईन्दिरा भट्राई लगाएतले लैगिंक हिंसा न्यूनिकरण गर्न आफ्नो घरदेखि नै अभियान संचालन गर्नुपर्ने र बिभिन्न सरोकारवालाहरु एकजुट हुनुपर्नेमा जोडदिएका थिए । लैगिंक हिंसा अन्त्यका लागि हरेक व्यक्तिले आफनो सोच परिवर्तन गरी सकारात्मक सोंचको विकास गर्नुपर्ने वक्ताहरुको भनाई रहेको थियो ।

उक्त कार्यक्रममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानाको अवसरमा भएको नगरस्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हांसिल गरेका प्रतिस्प्रर्धीहरुलाई नगद, शिल्ड मेडल र प्रमाण पत्रले सम्मान गरिएको महिला बिकास सहायक निरिक्षक भगवती आचार्य शर्माले जानकारी दिईन् ।
नगर उपप्रमुख रिता कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य टोपकला विसिको स्वागत मन्तव्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रखुम सुशिला पन्थको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा राजनितीक दलका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, बिद्यालयका शिक्षकहरु, समाजसेवी, बुद्धिजिवी, सुरक्षाकर्मीहरु, संचारकर्मी, महिला सहकारीका प्रमुखहरु तथा प्रतिनिधिहरु, महिला अधिकारकर्मी, किशोरी संजाल, महिला स्वास्थ्य स्वयमं सेविका संघका केन्द्रिय सदस्य लगाएत नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।