डा. इन्द्र ढकाल अर्घाखाँची मेडिकलबाट सेवामा

मेचीकाली संवाददाता

२५ मंसिर २०८०, सोमबार
289 shares

बुटवल । यस क्षेत्रकै सुपरिचित वरिष्ठ अर्थोपेडीक सर्जन डाक्टर इन्द्र ढकालले मेडिकलबाट पनि सेवा प्रदान गर्न थालेका छन । विगत लामो समयदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत चिकित्सक ढकालले बुटवल–६ अस्पताल लाइनमा रहेको अर्घाखाँची मेडिकल हलबाट सेवा दिने भएका हुन् । उनी बिहान र साँझ कार्यालय समय बाहेकको समयमा मेडिकलमा हुने छन् ।

डा.ढकाल बरिष्ठ हाडजोर्नी, नशा तथा वाथरोग विशेषज्ञको रुपमा रहेका छन् । सफल चिकित्सकको रुपमा नाम कमाउन सफल भएका डा. ढकाल लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा निर्वतमान मेडिकल सपरिटेण्डेन्ट पनि हुन् ।

हाड जोर्नी, नशा तथा बाथरोगका विरामीहरुले उक्त मेडिकलबाट सेवा प्राप्त गर्न सक्ने छन् । बिहान ८ बजे देखि १० बजे सम्म र बेलुका ३ बजे देखि ६ बजे सम्म बुटवल हस्पिटल लाइनमा रहेको अर्घाखाँची मेडिकल हलमा सेवा प्रदान गर्ने जनाइएको छ । डा. ढकालसंग २० वर्ष भन्दा बढीको उपचार अनुभव रहेको छ ।