कपिलवस्तु प्रहरीद्धारा चोरी गर्ने गिरोह पक्राउ

मेचीकाली संवाददाता

२ पुष २०८०, सोमबार
234 shares

पार्वती आचार्य

कपिलवस्तु । कपिलवस्तु प्रहरीलाई ठुलो सफलता प्राप्त भएको छ । ईलाका प्रहरी कार्यालय पिपराले चोरको गिरोहलाई पक्राउ गरि कानुनी प्रक्रिया अगाडी बढाएको छ । मंसिर २९ गते वाणगंगा नगरपालिका वडा २ गोबडिहवा स्थितमा कोठा भाडामा बस्दै आएका नवलपरासी जिल्ला (पुर्व) देवचुली नगरपालिका वडा २ का २३ वर्षीय मुक्ति प्रसाद खनाल सहित ६ जना मानिसहरु तथा लागु औषध (ब्राउन सुगर) जस्तो पदार्थ, नगद, मोवाईल तथा सरसामानहरु सहित पक्राउ परेका थिए । उनिहरुलाई पौस २ गते सम्मानित जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

केहि समय यता कपिलवस्तु लगाएत आसपासका क्षेत्रमा चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने गिरोह बनाएर बसेका चोरहरुका गिरोहहरुलाई पिपरा प्रहरीले पक्राउ गर्न सफल भएको छ । अनलाईन पढ्ने बहानामा बाणगंगा नगरपालिका २ स्थित गोवडिहवाको एक घरमा कोठाभाडा लिई चोरीको धन्दा चलाउदै आएका चोरहरुलाई प्रहरीले छापा मारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका. २ बस्ने २३ वर्षीय मुक्ती प्रसाद खनाल, कपलिवस्तुको बाणगंगा नगरपालकिा २ गोबडिया बस्ने २८ वर्षीय विनोद परियार, कपिलवस्तु बुद्धभुमी नगरपालिका २ बस्ने २६ वर्षीय विबेक थापा मगर, रुपन्देही सैनामैना नगरपालिका ९ बस्ने १८ वर्षीय मनोज दर्जी, रुपन्देही सैनामैना नगरपालिका २ बस्ने १८ वर्षीय समिर परियार र बाणगंगा नगरपालिका २ बस्ने ३३ वर्षीय बिष्णु श्रेष्ठ लगाएत रहेका छन् ।

उनिहरुको साथबाट लु ३६ प १९३९ नम्बरको रातो रङ्को पल्सर मोटरसाईकल , लु ३९ प ८२८२ नम्बरको रातो कालो रङको होण्डा साईन मोटरसाईकल र लागु औषध ब्राउन सुगर जस्तो ७ सय १० मिलि ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए ।

यस्तै बिभिन्न दरका नोट तथा सिक्का गरी रु. ३ लाख ४९ हजार २ सय ५० रुपैंयाँ नगद , सुन जस्तो देखिने ग्यारेन्टीका गहनाहरु पहेंलो तिलहरी २ वटा , वाला २ वटा , सिरफुल १ वटा , चन्द्रमा १ वटा , चुराका टुक्राहरु , झुम्का २ वटा , पिंजडा २ वटा , ब्रासेटका टुक्रा ३ वटा , दानावाला झुम्का २ वटा फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

सुन जस्तो देखिने सिक्रि १ , माईली तिलहहरी लाहासहितको १ , लाहा सहितको घन्टी माला १ , छापे पत्थर सहिहतको पहेंलो औंठी १ , यस्तै चाँदी जस्तो देखिने फोल्डिङ् बाला १ , लेडिज पाउजु १ , बिभिन्न कम्पनीका मोवाईहरु ९ वटा र डिजिटल ल्यापटप १ वटा बरामद गरिएको छ ।

सामानहरुमा एउटामा ५ वटा सिक्का र अर्कोमा ३ सिक्का भएको तक्मा मेडल २ वटा , लेडिज पर्स ३ वटा , लाईट २ वटा , ब्याट्री १ वटा , कालो जेन्स पर्स १ वटा , क्यानोन डिजिटल क्यामेरा १ र दाब सहितको धारिलो तिखो हतियार खोडा १ थान लगाएका सामाग्रीहरु बरामद भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

ल्यापटप , मोटरसाईकल , छड्के तिलहरी , पर्स लगाएतको सामानहरुको लागि ७ जनाले दावी गर्दै ईलाका प्रहरी कार्यालयमा आएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए । चोरका गिरोहहरु बिरुद्ध चोरी र लागु औषध सम्बन्धिको उजुरी दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाई थप अनुसान्धान गरिरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

बाणगंगामा ०७८/०७९ मा १५ वटा चोरिका मुद्दा दर्ता भएकोमा १५ वटै फर्छौट भएको , ०७९/०८० मा १७ मुद्दा दर्तामा १७ वटै फर्छौट भएका छन् भने ०८०/०८१ मा १४ वटा मुद्दा दतामा ७ वटा फर्छौट भएका छन् भने ७ वटा प्रक्रियामा रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बाणगंगा नगरपालिकामा पछिल्लो समयमा चोरिका घटनाहरु बढ््दै गएको हुँदा आम नागरिकहरुलाई सचेत हुन प्रहरीले आग्रह गरेको छ ।