माधव नेपालको पार्टीले नामबाट एमाले हटायो

मेचीकाली संवाददाता

४ भाद्र २०७८, शुक्रबार
995 shares

काठमाडौं । माधवकुमार नेपाल पक्षको नेकपा एमाले (समाजवादी) दर्ता नहुने भएको छ । निर्वाचन आयोगले अर्कै नाम राख्न भनेपछि माधव पक्षका नेताहरूले नेकपा एकीकृत समाजवादी राखेर नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका छन् ।

बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निवेदन दिएका थिए । गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण नाममा एमाले शब्द राख्न कानुनी अड्चन आउने देखिएपछि परिवर्तन गर्न लागिएको हो ।

नयाँ नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल चलिरहेको नेपालनिकट नेताहरूले बताएका छन् ।