युनि क्याम्पसको सातौँ शाखा बुटवलमा

मेचीकाली संवाददाता

५ पुष २०८०, बिहीबार
155 shares

बुटवल, पुस ५ । युनिक्याम्पस ग्लोवलको सातौँ शाखा बुटवलमा संचालनमा आएको छ । बुटवल शाखाको शुक्रबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिदैछ । बुटवल ६ ट्राफिक चौकमा सुविधा सम्पन्न अफिसमा विद्यार्थीहरुको लागि शैक्षिक परामर्श प्रदान गर्ने गरी सेवा शुभारम्भ गर्न लागिएको बुटवल शाखा प्रमुख रमेश न्यौपाने जानकारी दिए ।
युनिक्याम्पसले बुटवलमा आज पत्रकार सम्मेलन गरेर युनि क्याम्पस ग्लोवलका बिशेषताहरुको बारेमा जानकारी गराएको हो । खासगरि अष्ट्रेलियामा विद्यार्थीहरुको लागि शैक्षिक परामर्शसहितको सेवा गर्दै आइरहेको युनि क्याम्पस ग्लोवलका चिफ एक्जुकेटिभ अफिसर घनश्याम घिमिरेले बताए ।
युनिक्याम्पस ग्लोवलले अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधी गर्ने जाने बिद्याथीलाई लक्षित गर्ने गरेको छ । सन् २००१ मा स्थापना भएको युनि क्याम्पस ग्लोवलको शाखा विदेशमा ६ वटा रहेको उनले जानकारी दिए ।
उनले काठमाण्डौ सहित नेपालमा सातौ शाखाको रुपमा बुटवलमा शाखा स्थापना गरिएको जानकारी दिदै बुटवलबाट शैक्षिक परामर्स दिनको लागि सबैभन्दा उपयुक्त विकल्प भएको बताए । युनि क्याम्पस काठमाण्डौमा मात्रै ४ वटा शाखा र चितवनमा २ वटा रहेका छन् ।

अबको २ बर्षमा २० वटा शाखा बनाउन योजना रहेको सिईयो घिमिरेले जानकारी दिए । युनिक्याम्पस ग्लोवलले मुख्यगरि अष्टे«लिया, क्यानडा, न्युजिल्याण्ड, युके, युएसए लगायतका देशमा एब्रोड शिक्षाको लागि काम गर्दै आएको छ । सफ्ट एड ग्रुप अन्तर्गत १२ वटा फरक–फरक प्रकृतिका कम्पनीहरु संचालनमा रहेका छन् ।
सफ्टवेरिका कम्पनीका नाममा सन् २००१ मा स्थापित संस्थाले सन् २०१० मा नाम ‘यूनिक्याम्पस ग्लोबल’ बनाएको हो । युनिक्याम्पस ग्लोवल यसै अन्तर्गतको एउटा कम्पनी हो ।