तेस्रो शुद्दोधन शैक्षिक महोत्सव सम्पन्न

मेचीकाली संवाददाता

६ पुष २०८०, शुक्रबार
288 shares


तुलसीराम पौडेल —
रुपन्देही ,पौष ६
रुपन्देही स्थित शुद्दोधन गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाको आयोजनामा पौष ३ गतेदेखि संचालित तेस्रो शुद्दोधन शैक्षिक महोत्सव रास्ट्रपति रनिङ्ग शिल्ड छनौट एवं अध्यक्ष खेलकुद विकास कार्यक्रम अन्तरगत गरिएका कार्यक्रमहरु शुक्रबार समापन भएको छ।शैक्षिक महोत्सवमा तिलोत्तमा अङ्ग्रेजी माविले ८ स्वर्ण,४ रजत र ३ कास्य पदक प्राप्त गरि प्रथम स्थान हासिल गरेको छ। फर्साटिकर माध्यमिक विद्यालयले ४ स्वर्ण ,८ रजत र ३ कास्य पदक प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ भने लिटल फ्लावर्स अङ्ग्रेजी माविले ४ स्वर्ण ,५ रजत र ४ कास्य प्राप्त गरि तेस्रो स्थान हासिल गरेको छ। विजेता तथा विभिन्न स्थान हासिल गर्न सफल विद्यालयका टिमहरुलाई जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं ,शुद्दोधन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्याल ,शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले शिल्ड ,मेडल ,प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता, जिल्ला समन्वय रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा शुद्दोधन गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत लेखनाथ पोख्रेल ,शिक्षक महा संघ लुम्बिनी प्रदेश सह अध्यक्ष छविलाल पाण्डे ,फर्साटिकर माविका प्रधानाध्यापक देवराज पौडेल ,समाजसेवी शेरबहादुर काफ्ले लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन शिक्षक द्वय लिलाधर न्यौपाने र शुशिला गौतमले गर्नुभएको थियो ।