नारी एकताको अध्यक्षमा सरस्वती भट्टराई सर्वसम्मत

मेचीकाली संवाददाता

१५ पुष २०८०, आईतवार
253 shares


तुलसीराम पौडेल —
रुपन्देही ,पौष १५

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर सात पश्चिम् अमवा स्थित नारी एकता महिला विकास बचत तथा ॠण सहकारीको शनिबार सम्पन्न अठारौं वार्षिक साधारण सभा तथा सातौ अधिवेशनले सरस्वती भट्टराईको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सहकारीको उपाध्यक्षमा सीता भट्टराई ,सचिव बिष्णु भट्टराई ,सदस्यहरुमा खुम कुमारी उपाध्याय ,कमला सापकोटा ,कविता आचार्य ,निलम थारु ,तुलसी विक ,गोमा थारू ,गोमा अर्याल र माया थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ। लेखा समिती संयोजकमा आशा शर्मा वाग्ले र सदस्यहरुमा माया खत्री र संगीता अर्याल सर्वसम्मत हुनुभएको छ।
साधारण सभा तथा अधिवेशन सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले एक कार्यक्रमका बीच उद्दघाटन गर्नुभएको थियो । निवर्तमान अध्यक्ष हुमकान्ती भुर्तेलको अध्यक्षता ,सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरीको प्रमुख आतिथ्यता, सियारी वडा नम्बर छका वडा अध्यक्ष शेरबहादुर गुरुङको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी विशिस्टकृत कृषि सहकारीका संचालक सदस्य झपेन्द्रराज अर्याल ,शुद्दोधन बचत तथा ॠण सहकारीका अध्यक्ष मिननाथ शर्मा ,द्वारिका कृषि सहकारीका अध्यक्ष खगुपती न्यौपाने ,समीप बचत तथा ॠण सहकारीका अध्यक्ष सुर्यनारायण यादव ,भृकुटी कृषि सहकारीका अध्यक्ष अविराम विक ,सियारी वचत तथा ॠण सहकारीकि व्यबस्थापक रिता चौधरी ,उत्तम महिला कृषि सहकारीकि अध्यक्ष बिष्णुकुमारी क्षेत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
साधारण सभामा सस्थाकी निवर्तमान अध्यक्ष हुमकान्ती भुर्तेलको वार्षिक प्रतिवेदन र निवर्तमान लेखासमिती संयोजक तुलसा शर्माको लेखा प्रतिवेदन प्रस्तुत रहेकोे थियो ।
निवर्तमान उपाध्यक्ष सरस्वती भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालक निवर्तमान सचीव सीता भट्टराईले गर्नुभएको थियोे ।