![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2024/01/Om-copy-16.jpg)
ओम बानियाँ
मस्तिष्क (ब्रेन) तथा मुटु (हर्ट) मानव शरीरका दुई प्रमुख जीवनदायी अंगहरु हुन् । मस्तिष्कद्वारा शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा संचालन हुने गर्छ । मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही मस्तिष्क नै हो । मस्तिष्क मेमोरी बैंक पनि हो । मेमोरी लगायत सम्पूर्ण कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य संचालक पनि यही मस्तिष्क हो । वास्तवमा बे्रन बोडीको बोस हो । त्यसैले मानव जीवनमा ब्रेनको ठूलो महत्व छ भने त्यति नै महत्व मुटुको पनि छ ।
मुटु शक्तिशाली मांसपेशीले बनेको हुन्छ । यस अंग सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग हुनुपर्छ । धेरैले मुटु छातिको बाँया पट्टि हुन्छ भन्ने ठान्दछन् तर वास्तवमा मुटु बाँया र दाँया पट्टि नभएर मध्य छातिमा हल्का बाँया पट्टि ढल्किएर रहेको हुन्छ । मानिसको मुटु औषत एक मिनेटमा ७२ पटक धड्कन्छ । यसरी धड्कदा एक घण्टामा ४,३२० पटक, एक दिनमा १,०३,६,८० पटक र एक वर्षमा ३,७८,४३,२०० पटक धड्कन्छ ।
एकचोटि धड्कदा मुटुले ७० मि.लि. रगत पम्प गर्छ । एक मिनेटमा ५ लीटर, एक घण्टामा ३०२ लीटर, एक दिनमा ७२५७ लीटर तथा १ वर्षमा २६,४९,०२४ लीटर रगत पम्प गर्ने गर्दछ । यसले पम्प गरेको रगत र रगतबाट शरीरलाई चाहिने पौष्टिक तत्वहरू पुराउने र शरीरका धमिलिएको रगतलाई बटुलेर फोक्सोमा पुराउने काम गर्दछ । त्यहाँ सफा रगत बनाएर पूरा शरीरभरि पुराउने काम गर्छ । यसरी मुटुले अहोरात्र काम गरेको हुन्छ ।
![](https://mechikalinews.com/wp-content/uploads/2024/01/heart-and-Brain-Samir-1024x708.jpg)
वरिष्ट मुटुरोग विशेषज्ञ डा. समिर गौतमका अनुसार जाडोयाममा गर्मीको तुलनामा हृदयघात बढ्नुको कारण पहिला नै कुनै पनि मुटुको रोग छ या मुटुको नली पहिल्यै साँघुरो भइसकेको छ भने चिसोले यो बढेर जान्छ । अर्थात् चिसोको कारण रगतका नलीहरु साँघुरो बन्छन् । त्यसै गरी जाडोमा भिटामिन डीको कमी हुन्छ । जुन भिटामिन मुटुको लागि आवश्यक मानिन्छ । चिसोमा शरीरको ताप बाहिर नजाओस् भन्नका लागि शरीरको नशा खुम्चिन्छ । जो व्यक्ति विहानै चिसोमा बाहिर निस्कदा चिसो हावा चलिरहेको छ भने नशा खुम्चिने प्रक्रिया बढी हुन्छ । त्यसले गर्दा जसको पहिल्यै नशा साँघुरो भइसकेको छ । उनीहरुको चिसोको कारणले १०० प्रतिशत नशामा अवरोध आयो भने उनीहरुमा हृदयघात हुने कारण हो । चिसोले अवरोध भन्दा पनि नसा खुम्चाउने गर्छ । यहीमाथि जाडोयाममा शारीरिक गतिविधि कम हुने, जाडोबाट बच्ने नाममा चुरोटरक्सी, चियाकफी तथा बढी चिल्लो मसालेद्धार गरिष्ट भोजन बढी गर्नाले हृदयघातको जोखिम बढ्छ । जाडोयाममा ब्लडप्रेसर पनि बढ्ने गर्छ । अनेक अध्ययनहरुले जाडो मौसममा हृदयघात ३० प्रतिशतले बढ्ने देखाएको छ । त्यसैले मुटु रोगीहरु जाडोयाममा थप सर्तक हुनुपर्छ ।
मुटुलाई यसरी काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । मुटुमा रक्तसंचार गर्ने दुई नलीहरु हुन्छन्, जसलाई लेफ्ट कर्नरी आर्टरी (वायाँ धमनी) र राइट कर्नरी आर्टरी (दायाँ धमनी( भनिन्छ । वायाँ धमनीमा थप दुई वटा ठूला नलीहरु हुन्छन् । यी वाहेक अन्य साना नलीहरु पनि हुन्छन् । यी ठूला नलीहरु मध्ये कुनैमा अवरोध भयो भने ठूलो हृदयघात(हर्टअट्याक) हुन्छ र सानो नलीमा अवरोध भयो भने सानो हृदयघात (माइनर हर्टअट्याक) हुन्छ ।
त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीहरुमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ । रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ ।
मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ । हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ । गौतमबुद्ध मुटु अस्पतालका वरिष्ट मुटुरोग विशेषज्ञ डा. समिर गौतमका अनुसार मुटु रोगका प्रमुख लक्षणहरु यस्ता हुन्छन्ः छातीको बीच भागमा पीडा हुनु, बेचैनी हुनु वा भारीपन महसुस हुनु । श्वास फेर्न कठिनाइ हुनु । धेरै पसिना आउनु । नियमित रुपमा वाकवाक लाग्नु । हात झझमाउने तथा चेतनाबिहिन बन्नु । शरीरको कुनै अंगले काम गर्न छाड्नु । कमजोर यौन गतिविधि हुनु । काँध र घाँटीमा दुखाई हुनु । मुटुमा जलन हुन । बोल्दा कठिनाइ हुनु, जिब्रो लरबरिनु । परिश्रम गर्दा दम बढ्नु । खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, जिब्रो तथा औंलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरू हुन सक्छन् । शारारीक परिश्रम गर्दा वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतीर भएर ढुङ्गाले थिचेको जस्तो अनुभव हुने र आराम गरेपछि हराएर जाने लक्षणलाई एन्जाइना भनिन्छ । कसैकसैलाई भने पहिलो पटक नै असहय तरिकाले छाती दख्ने, देब्रे छातीतिर झनै श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयघातका लक्षणहरू देखिन्छन्, जस मध्य एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडी नै मृत्यु हुन्छ ।
के जाडोयाममा हृदयघात बढ्छ भन्ने प्रश्नको जवाफमा डा. समिर गौतम भन्छन्, हो, जाडोयाममा गर्मीको तुलनामा हृदयघात बढ्ने कुरा यथार्थ हो । जाडोमा बढ्नुको कारण पहिला नै कुनै पनि मुटुको रोग छ या मुटुको नली पहिल्यै साँघुरो भइसकेको छ भने चिसोले यो बढेर जान्छ । अर्थात् चिसोको कारण रगतका नलीहरु साँघुरो बन्छन् । त्यसै गरी जाडोमा भिटामिन डीको कमी हुन्छ । जुन भिटामिन मुटुको लागि आवश्यक मानिन्छ । चिसोमा शरीरको ताप बाहिर नजाओस् भन्नका लागि शरीरको नशा खुम्चिन्छ । जो व्यक्ति विहानै चिसोमा बाहिर निस्कदा चिसो हावा चलिरहेको छ भने नशा खुम्चिने प्रक्रिया बढी हुन्छ । त्यसले गर्दा जसको पहिल्यै नशा साँघुरो भइसकेको छ । उनीहरुको चिसोको कारणले १०० प्रतिशत नशामा अवरोध आयो भने उनीहरुमा हृदयघात हुने कारण हो । चिसोले अवरोध भन्दा पनि नसा खुम्चाउने गर्छ । त्यहीमाथि जाडोयाममा शारीरिक गतिविधि कम हुने, जाडोबाट बच्ने नाममा चुरोटरक्सी, चियाकफी तथा बढी चिल्लो मसालेद्धार गरिष्ट भोजन बढी गर्नाले हृदयघातको जोखिम बढ्छ । जाडोयाममा ब्लडप्रेसर पनि बढ्ने गर्छ । अनेक अध्ययनहरुले जाडो मौसममा हृदयघात ३० प्रतिशतले बढ्ने देखाएको छ । त्यसैले मुटु रोगीहरु जाडोयाममा थप सर्तक हुनुपर्छ ।
हार्वड मेडिकल स्कुलकी स्नायुवैज्ञानिक डा. मेरि प्यासिन्स्कीका अनुसार जाडो मौसममा मस्तिष्कघात बढी हुने कारण पनि ठिक यस्तै हो । पहिलो कुरा जाडोको कारण शारिरीक गतिबिधी कम हुन्छ, जाडोको बहानामा मानिसहरु एकै ठाउँमा आराम गरेर बस्ने गर्छन् । चिसोले रगतको धमनी साँघुरिन्छ ,त्यही बेलामा शारिरीक गतिबधी कम हुने तथा चिल्लो र बढी क्यालोरी भएका खानाहरु पनि यही मौसममा बढी खाने चलन छ । यी खानाले पनि रगत बाग्लो बनाउँछन् । जसको कारण मस्तिष्कघात हुन सक्छ । उमेर ढल्कदै गएपछि रगतको नशा त्यसै साँघुरो भइरहेको हुन्छ, त्यसै गरी कम गतिबिधी तथा मधुमेह, उच्च रक्तचाप भएमा, चुरोट प्रयोग गर्नेहरुको पनि पहिल्यै रगतको नशा साँघुरो भइसकेको हुन्छ । चिसोले यस्ता व्यक्तिहरुको रगतको धमनी खुम्चिने क्रममा रक्तसंचारमा अवरोध आउँछ मस्तिष्कघात हुन्छ ।
जाडो मौसममा मुटु हेरचाह तथा मुटुरोग रोकथामको सम्बन्धमा डा. गौतम भन्छन्, जोखिम समुहका मानिसहरु, मधुमेह, उच्च रक्तचाप, रक्सी –चुरोट सेवन गरिसकेका, चालिस वर्ष भन्दा माथिका, मोटोपना बढी भएकाहरु, एक पटक पहिल्यै हृदयघात भइसकेका व्यक्तिहरु बिहानै चिसोमा बाहिर ननिस्कने, एकदम चिसो पानीमा ननुहाउने ।
नुहाउदा चिसो पानी सिधै टाउकोमा हाल्नुको सट्टा पहिला खुट्टामा हाल्नुपर्छ । यसपछि बिस्तारै बिस्तारै टाउकोमा राख्नुपर्छ । सिधै टाउकोमा चिसो पानी हाल्दा रक्तसञ्चारमा अवरोध पुग्न जान्छ । यस्ता विषयलाई ख्याल नगर्दा कतिपयको ज्यानै समेत गएका घटना छन् । जाडो मौसममा नुहाने पानी मनतातो हुनुपर्छ ।
घाम लागेपछि मात्र हिंड्ने या व्यायम गर्ने तथा न्यानो कपडा लगाउने गर्नु पर्छ । जाडोबाट बच्ने निहुँमा रक्सी चुरोट सेवन गर्नु हुँदैन । बढी मात्रामा कफी पनि नगरेको बेस् । यो संगै उच्चरक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल भएका व्यक्तिहरुले नियमित औषधी खाने र जाडो मौसम आउनुपुर्व नै मुटुका विरामीले मुटुरोग विशेषज्ञलाई भेटेर आवश्यक जाँच गराएर मुटु स्वास्थ्य सम्बन्धमा जानकारी लिने ।
अनि मुटु रोगबाट बच्न धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो र बोसोयुक्त खानेकुरा, फास्टफुड, जंकफुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मस्तिष्क र मुटु रोगबाट सजिलै बच्न सकिन्छ । शरीरको इन्जिन, मुटु र बोडीको बोस ब्रेन स्वस्थ भएमा मानिसको जीवन नै स्वस्थ हुन्छ ।