बुटवल । अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–७ को २० औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बालकृष्ण बस्यालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सहकारी दिगो व्यवस्थापन गर्दै उत्पादन केन्द्रित बन्नुपर्ने बताए । बचत मात्र होइन, उत्पादन केन्द्रित लगानी बढाउन सहकारीले आवश्यक रहेको बताए ।
जिल्ला सहकारी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष डोलप्रसाद अर्यालले आयातीत सहकारीमा समस्या देखिए पनि बुटवलका सहकारी मजबुद्ध रहेको बताए । सहकारीका अध्यक्ष दिगोपन र वित्तीय रुपमा सुरक्षित विधि तथा प्रविधिद्धारा सञ्चालित रहेको बताए । २०५७ सालमा स्थापित सहकारीमा ५४४ जना शेयर सदस्यहरु रहेका छन ।
कार्यक्रममा सहकारीका सल्लाहकार डोलराज पाण्डे, संस्थापक अध्यक्ष टोपलाल शर्मालगायतले बोलेका थिए । सो अवसरमा बाल बचतकर्ता, असल ऋणी, ७० वर्ष माथिका शेयर सदस्य, निवर्तमान अध्यक्ष, शेयर सदस्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष बालकृष्ण बस्यालको अध्यक्षता, उपाध्यक्ष तिलकुमारी पाण्डेको स्वागत तथा सचिव खिमराज ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आर्थिक समृद्धि र दिगो विकास लक्ष्य प्राप्तीका लागि अन्नपूर्ण सहकारी भन्ने मूल नाराका अघि बढेको सहकारीका सदस्य यामलाल मरासिनीले जानकारी दिए ।