सम्पुर्ण युवा क्लब सुपौली फाइनलमा प्रवेश

मेचीकाली संवाददाता

१८ पुष २०८०, बुधबार
353 shares


तुलसीराम पौडेल
रुपन्देही ,पौष १८

रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर ४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा
पौष नौ गतेदेखी फर्साटिकर माविको खेलमैदानमा संचालित शुद्धोधन गाउँपालिका ११ औ फर्साटिकर कप प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न सेमिफाइनल खेलमा सम्पुर्ण युवा क्लब फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न सम्पुर्ण युवा क्लब सुपौली र हनामी बिएफसी चितवन बीच भएको प्रतिस्पर्धामा सम्पुर्ण युवा क्लब सुपौलीले ३ का बिरुद्ध ५ गोलको अन्तरले हनामी बिएफसि चितवनलाई पराजित गरि फाइनलमा प्रवेश गर्न सफल भएको हो। सम्पुर्ण युवा क्लब सुपौलीका जर्सी नम्बर ७ का विज्ञान गुरुङले पहिलो हाफको ५ औ मिनेटमा पहिलो गोल, जर्सी न १० का एलिश मगरले पहिलो हाफको २० औ मिनेटमा दोश्रो गोल, जर्सी नम्बर ५ का सृजन क्षेत्रीले पहिलो हाफको ३० औ मिनेटमा तेस्रो गोल, जर्सी न २ का रोशन डोङले दोश्रो हाफको २७ औ मिनेटमा चौथो गोल, जर्सी नम्बर ५ का सृजन क्षेत्रीले दोश्रो हाफको ४५ पलस दुई मिनेटमा पाचौ गोल गरि टिमलाई विजय गराएका थिए। हनामी बिएफसी नवलपरासीका जर्सी नम्बर चारका समीर महतोले पहिलो हाफको ३८ औ मिनेटमा पहिलो गोल, जर्सी नम्बर नौका अनिल राना मगरले दोश्रो हाफको ३ औ मिनेटमा दोश्रो गोल, जर्सी नम्बर ८ का अभि लामाले दोश्रो हाफको १५ औ मिनेटमा टिमको लागी तेश्रो गोल गरेका थिए। बुधबारको खेलको म्यान अफ द म्याच सुपौली युवा क्लबका जर्सी नम्बर ८ का आकाश थापा घोषित भएका छन। फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो। बिहिवार अन्तिम सेमिफाइनल खेल विश्व शान्ति युवा क्लब सालझन्डि र राइजिङ स्तार एफसी नवलपरासी बीच प्रतिस्पर्धा हुने खेल संयोजक अमृत खड्काले जानकारी दिनुभयो।