बुटवल । रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल–६ ले आफ्नो स्थापना दिवसको अवसर पारेर बिहीबार रक्तदान कार्यक्रम गरेको छ । रगतको अभावमा कुनै पनि विरामीको अकालमा मृत्यु नहोस भन्ने उद्देश्य सहित रक्तदान गरी सहकारीले दोस्रो स्थापना दिवस सामाजिक कार्य गरेर मनाएको हो ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद पोखरेलले विभिन्न सामाजिक कार्य गर्दै सहकारी अघि बढेको बताए । रक्तदान कार्यक्रमबाट ३० युनिट रगत संकल भएको कार्यक्रम संयोजक आकाश पन्थले जानकारी दिए । पन्थले सहकारी समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष, नेदीराम ज्ञवाली, सचिव गीता भण्डारी, कोषाध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतले बोलेका थिए । सहकारीमा १ हजार १४० शेयर सदस्यहरु रहेका छन् । सहकारी बुटवलको मैत्रीपथमा रहेको छ । सहकारीले आफ्नो लगानी उत्पादनमूलक क्षेत्रमा पनि केन्द्रित गर्दै आएको छ । तीन वर्ष अघि रेसुङ्गा र अलौकिक सहकारी मर्ज भएर रेसुङगा अलौकिक सहकारी बनेको थियो ।