एनजि आवासद्धारा तिलोतमामा ९९ लाख र एक करोड २५ लाखमा दुई मोडलका घर बिक्री सुरु

मेचीकाली संवाददाता

१९ पुष २०८०, बिहीबार
208 shares

भैरहवा । रुपन्देहीको तिलोतमा नगरपालिकामा एनजि मार्केटले एनजि आवास मार्फत सुविधासम्पन्न घरहरु निमार्ण गरि बिक्री सुभारम्भ गरेको छ ।

सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल सडक खण्डको भलवारी देखि नौ सय मिटर पुर्व एनजि आवासले सुविधा सम्पन्न घरहरु निमार्ण गरी बिक्री सुरु गरेको कम्पनीका संचालक नारायण बन्जाडेले बताए ।

एनजि आवास कम्पनीले दुई मोडलका घरहरु निमार्ण सुरु गरेको हो । कम्पनीले दश धुर जग्गामा ९९ लाखमा १८ सय ५० स्क्वार फुट क्षेत्रफल ओगटेको दुईतले घर बिक्रीमा राखेको छ । त्यसैगरी २४ सय स्क्वार फुट क्षेत्रफलमा बनेको साढे २ तले घरको मुल्य एक करोड २५ लाख कायम गरी बिक्री सुरु गरेको कम्पनीका संचालक नारायण बन्जाडेले बताए ।

९९ लाख मुल्य कायम भएको सुविधा सम्पन्न घरमा चार बेडरुम, ३ वटा वाथरुम, एक लिभिड हल, सिटिड रुम सहित पार्किड।को ब्यावस्था रहेको कम्पनीले जनाएको छ । त्यसैगरी एक करोड २५ लाख रुपैया कायम गरी बिक्रीमा राखिएको घरमा चार वेडरुम, तिन वाथरुम, एक लिभिड रुम, सिटिड रुम, बरण्डा, पार्किड। क्षेत्रफल सहित साढे दुई तल्ले रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले करिव एक सय घर निमार्ण गर्ने जनाएको छ । कम्पनीले ३० प्रतिशत रकम भुक्तानी गरे पछि खरीद कर्ताको नाममा जग्गाधनी पुर्जा हस्तान्तरण गर्ने छ । भवन निमार्ण ग्राहकको प्रत्यक्ष निगरानीमा पनि गर्न सकिने कम्पनीले जनाएको छ । हाईवे देखी भवन निमार्ण स्थल सम्म पुग्न तिस फुटे पक्की सडकको सुबिधा रहेको छ भने भवन निमार्ण क्षेत्र बिसफुटे पक्की सडकमा रहेको कम्पनीले जनाएको छ ।