११ औं फर्साटिकर कपको उपाधि सम्पुर्ण युवा क्लब सुपौलीलाई

मेचीकाली संवाददाता

२२ पुष २०८०, आईतवार
138 shares

तुलसीराम पौडेल –

रुपन्देही ,पौष् २१

रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा शनिबार फर्साटिकरमा सम्पन्न शुद्धोधन गाउँपालिका ११ औं फर्साटिकर कप २०८० को उपाधि सम्पूर्ण युवा क्लब सुपौलीले जितेको छ।

शनिबार भएको रोमाञ्चक फाईनल खेलमा विश्व शान्ती युवा क्लब सालझन्डीलाइ पेनाल्टी सुटआउटमा ३/१ गोल अन्तरले पराजित गर्दै उपाधी जित्न सफल भएको हो।

पहिलो , दोस्रो हाप र अतिरिक्त दिइएको समयमा कुनै टिमले गोल गर्न नसकेपछी खेल ट्राइबेकरमा गएको थियो ।

सुपौलीका राम शाही,अभिषेक महतो,टोपबहादुर रानाले ट्राइबेकरमा समान १ गोल गरे भने देव गुरुङ्गको प्रयास भने सफल हुन सकेन ।यस्तै विश्व शान्ती सालझन्डीका फागुराम थारुले १ गोल गरेपनी जितका लागि पर्याप्त भएन।

टिमका राजिव लोपचन,नीर थापा,अमन थापा गोल गर्ने प्रयास गरेपनी गोल हुन सकेन ।

उपाधि विजेता सुपौलीले २ लाख ७५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै विश्व शान्ती युवा क्लब सालझन्डी उपविजेतामा चित्त बुझाउदै नगद १ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट प्राप्त गर्‍यो।

प्रतियोगिताम सर्वाधिक गोलकर्ता सालझन्डीका फागुराम थारु ,बेस्ट डिफेन्डर सुपौलीका देव गुरुङ,बेस्ट गोलकिपर सुपौलीका टोपबहादुर राना, म्यान अफ द सिरिज सालझन्डी आकाश राना भएका छन।

प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद १० हजार ५ सय ५५ रुपैयाँ, उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्तालाई समेत ५ हजार ५ सय ५५ रुपैयाँ,म्यान अफ द म्याच २ हजार नगदसहित कपबाट पुरस्कृत गरिएको हो।

एक कार्यक्रमका बिच क्लबका अध्यक्ष मुकेश कुवर, शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, क्लबका संरक्षक चक्रबहादुर कुवर, खेल संयोजक अमृत खड्का लगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियोे।
फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही फुटबल संघका अध्यक्ष लोकबहादुर पुन ,एन्फा केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी,लुम्बिनी प्रदेश खेलकुद विकास समिति सदस्य सचिव जयप्रकाश भट्टराई ,लुम्बिनी प्रदेश फुटबल कोच यम गुरुङ ,फर्साटिकर युवा क्लबका सस्थापक अध्यक्ष दामोदर पङ्गेनी , वाड नम्बर ५ का अध्यक्ष चन्द्रभान चौधरी लगायतको आतिथ्यता रहेको थियोे ।

क्लबका उपाध्यक्ष अर्जुन थापा क्षेत्रीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन क्लबका आजिवन सदस्य महेन्द्र गौतमले गर्नुभएको थियो।