देवसिद्ध खानेपानीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२२ पुष २०८०, आईतवार
1071 shares

बुटवल । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ तल्लो देवीनगरको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख राजकुमार चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै चौधरीले रुपन्देहीका खानेपानी तथा सरसफाई संस्थाहरु नमूना रुपमा चलेका बताए । उनले देवसिद्ध खानेपानी योजनाको कार्यप्रगतिको पनि प्रशंसा गरे । कार्यक्रममा संस्थाका अध्यक्ष पाठकले खानेपानीले गुरुयोजना अन्तर्गतका सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको बताए । संस्थाका सचिव लोकराज शर्माले आउँदो वर्ष खानेपानी ल्याब, कार्यालय भवनको तला थप्ने र सार्वजनिक शौचालय बनाउने बताए ।

कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र क्षेत्री, खानेपानी महासंघका केन्द्रीय सदस्य धु्रव धिताल, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भटटराई, पश्चिम कालिकानगर खानेपानी कार्यालयका उपाध्यक्ष पारसमणि भण्डारी, दिपावली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद न्यौपाने, संस्थापक अध्यक्ष भक्तबहादुर केसी, सल्लाहकार जीवलाल बस्याल, जनजागरण महिला समूहका अध्यक्ष मन्जु खड्का, पश्चिम सिद्धनगर टोल विकास संस्थाका अध्यक्ष जानुका अर्याल, साधारणसभाका प्रतिनिधि विश्वबन्धु न्यौपाने र दुर्गा थापा मगर बोलेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सहितको अध्यक्षको प्रतिवेदन, सचिव र लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ । साधारणसभाबाट उपभोक्ता सदस्य कल्याणकारी कोषको नियमावली पनि अनुमोदन गरेको छ । संस्थाले सरसफाईतर्फ ४ जना उपभोक्ता सदस्य, उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय सहायक सुन्दर कार्की, ७५ वर्ष माथिका ९ जना जेष्ठ उपभोक्ता सदस्य र ८० वर्ष माथिका एकाघरका २६ जना सदस्यलाई पनि सम्मान गरिएको छ ।

त्यस्तै उपभोक्ता सदस्यलाई जटिल रोग लागेमा वा निधन पश्चात ५० हजार सम्म राहत रकम प्रदान गर्ने नीति पनि पारित गरेको छ । त्यस्तै १० युनिटसम्मको ११० रुपैयाँ शुल्कलाई घटाएर ९० कायम गरिएको छ । संस्थाका सहसचिव माया बेल्वासेको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।