द्वारिका कृषि सहकारीको नवौं वार्षिक साधारण सभा

मेचीकाली संवाददाता

२३ पुष २०८०, सोमबार
302 shares


तुलसीराम पौडेल —
रुपन्देही ,पौष २१
रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित द्वारिका कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य हुमकान्ती भुर्तेलले एक कार्यक्रमका बीच साधारण सभाको उद्दघाटन गर्नु भयो ।सहकारीका अध्यक्ष खगुपती न्यौपानेको अध्यक्षता, जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य हुमकान्ती भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुद्दोधन बचत तथा ॠण सहकारीका अध्यक्ष मिननाथ शर्मा ,पश्चिम् अमवा खानेपानीका उपाध्यक्ष रत्न बहादुर पौडेल ,भृकुटी कृषि सहकारीका अध्यक्ष अविराम विक ,नारी एकता महिला विकासका अध्यक्ष सरस्वती भट्टराई ,उत्तम महिला कृषि सहकारीका अध्यक्ष बिष्णु कुमारी क्षेत्री ,जनता माविका अध्यक्ष केशव अधिकारी ,सहकारीका सल्लाहकार कविराज पुरी ,वाड नम्बर ६ का सदस्य मनिराम चौधरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सहकारीले २०८० मसान्तसम्म दुइ करोड ,चौरासी लाख ,चौरानब्बे हजार चार सय सतहत्तर रुपैयाको कारोबार गर्न सफल भएको छ।यस सहकारीले १२ लाख सत्तरी हजार एक्काईस रुपैया त्रीसठी पैसा विशुद्ध नाफा गरेको छ।
साधारण सभामा असल वचत कर्ता ,असल ॠणिलाई सम्मान गरिएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष खगुपती न्यौपानेबाट वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष देविमाया क्षेत्रीबाट आर्थिक प्रतिवेदन ,लेखा संयोजक अब्दुल रहिमानबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियोे ।कार्यक्रमको स्वागत मन्तव्य विनोद कुमार अधिकारीले गर्नुभएको थियोे ।