लोकप्रिय कृषि सहकारीको अध्यक्षमा पुनः थारु

मेचीकाली संवाददाता

२३ पुष २०८०, सोमबार
189 shares

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–५ मटेरियास्थित लोकप्रिय कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधरणसभा तथा पाँचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले आगामी ४ वर्षका लागि पुनः इन्द्रप्रसाद थारूलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा रामप्रसाद थारू, सचिवमा निर्मला थारू, कोषाध्यक्षमा बिजय थारू रहेका छन् । यस्तै सदस्यहरूमा बलराम थारू, आशा थारू, जयप्रकाश थारू, कृष्णप्रसाद थारू, अनारकली थारू, फिरिया थारू र मन्जु थारू रहेका छन् । यस्तैगरी अधिवेशनले जगतराम चौधरीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ । जसको सदस्यहरूमा रामप्रसाद थारू र रूकमणि थारू रहेका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूलाई सफलताको शुभकामना दिँदै बाणगंगा वडा नम्बर ५ का वडाध्यक्ष दुनिकाप्रसाद भुसालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । बाणगंगा नगरपालिका कृषि शाखा प्रमुख धनिराम आचार्यले अरू सहकारीको तुलनामा लोकप्रिय कृषि सहकारीले अहिलेसम्मको लगानी र क्षेत्र उत्पादनमूलक क्षेत्रमा रहेको पाइएको र आर्थिक, समाजिक क्षेत्रमा सहकारी केन्द्रित रहेको भन्दै प्रशंसा गरे । उनले दुईवटा हाटबजारमा बिक्री वितरणका लागि निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि शाखाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष इन्द्रप्रसाद चौधरीले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । उनले वित्तीय क्षेत्रको प्रतिस्पर्धा, लगानीका क्षेत्र, सदस्यहरुको वितृविकास, आधुनिक वित्तीय प्रणालीको समेत अबलम्बन गर्दै यसक्षेत्रमै उत्कृष्ट सहकारी बनाउने लक्ष्यका साथ नीति कार्यक्रम र योजना बनाइएको बताए । आफ्नै ४ वर्षे कार्यकालमा संस्थालाई थप उचाइमा पु¥याउने प्रतिबद्धता जनाए । २०६८ सालमा जिल्ला डिभिजन सहकारी तौलिहवामा दर्ता भई सुरु भएको सहकारीले विभिन्न सामाजिक कामहरु पनि गर्दै आइरहेको अध्यक्ष थारुले बताए ।

त्यस्तै लेखा समिति सदस्य जगतराम थारूले लेखा प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष रूकमणि चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । सोही अवसरमा संस्थाले असल ऋणी, असल बचतकर्ताहरुलाई सम्मान गरेको थियो । संस्थामा हाल ३१८ जना शेयर सदस्य रहेका छन् भने २० लाख ९४ हजार ८५० रूपैयाँ शेयर पुँजी रहेको छ । ५३ लाख १ हजार ६१२ रूपैयाँ कुल बचत छ । कार्यक्रम अध्यक्ष चौधरीको अध्यक्षता, रामप्रसाद चौधरीको स्वागत तथा निर्मला चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।