लायन्स क्लब अफ बुटवल बिग सिटीको स्थापना

मेचीकाली संवाददाता

५ भाद्र २०७८, शनिबार
680 shares

बुटवल । बुटवलमा लायन्स क्लब अफ बुटवल बिग सिटीको स्थापना भएको छ । बुटवललाई कर्मथलो बनाएर विभिन्न पेशा व्यवसाय गर्दै आएका युवाहरुको समुहले नयाँ क्लबको स्थापना गरेका हुन् । लायन्स क्लब अफ बुटवल डाउनटाउन संरक्षक रहने गरी नयाँ क्लब स्थापना भएको हो ।

शनिबार एक कार्यक्रमका बीच लायन एमबि थापा (सन्तोष) को अध्यक्षतामा वर्ष २०२१/२०२२ का लागि समिति चयन गरिएको छ । क्लबको प्रथम उपाध्यक्षमा सरोज घिमिरे, दोस्रो उपाध्यक्षमा श्रीधर क्षेत्री, तृतीय उपाध्यक्षमा तुलसा केसी, सचिवमा युवराज घिमिरे, सहसचिव मदन घिमिरे, कोषध्यक्ष नारायण न्यौपाने, प्रशिक्षक एडेन घिमिरेलगायत रहेका छन् ।

पद ग्रहण गर्दै अध्यक्ष थापाले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्दै सबैको सहयोग आवश्यक हुने बताए । कोरोना कहरकै बिचमा आफ्नो कार्यकाल सुरु भएको उल्लेख गर्दै चुनौतीपूर्ण समयमा कोरोना भाइरसको प्रभाव रोक्ने अभियानसँगै विभिन्न सामाजिक कार्यक्रहरु गरेर आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने बताए । कोरोना महामारीमा स्वार्थभन्दा माथि सेवाको भावनाअनुसार अघि बढ्ने उनले बताए । साथै उनले लायन्स क्लबको विधान तथा विनियमको परिधिभित्र रहेर आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म मानविय सेवाका काममा सक्दो सहयोग पु¥याउने र क्लबको छविलाई अझ उचाइमा पु¥याउन सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम क्लबका अध्यक्ष एमबि थापा (सन्तोष) को अध्यक्षता, लायन्स क्लब अफ बुटवल डाउनटाउनका संस्थापक अध्यक्ष अमरनाथ पाठकको प्रमुख आतिथ्यता, लायन्स इन्टरनेशनल २३५ बी टु एरिया ४ का जोनचियरपर्शन विदुर पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै पमुख अतिथी पाठकले लायन्स क्लब स्थापनाको मूल मर्म नै समाजको हित भएको बताउँदै सामाजिक कार्यका लागि क्लबको सक्रियता बढाउनु पर्ने बताए । साथै उनले क्लबले गर्ने सामाजीक काममा सहभागी हुने र आवश्यक परे जुनसुकै बेला सहयोग गर्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि पौडेलले क्लब स्थापना गर्नुमात्र ठुलो कुरा नभई क्लबलाई जीवनोपरन्त चलाइराख्न सबैको साथ र सहयोग आबश्यक पर्ने बताए । साथै उनले पहिले आफू सक्षम बनौँ र समाजमा सेवा गरौँ भन्ने उद्देश्यका साथ लाग्न सदस्यहरुलाई आग्रह गरे ।
मनबहादुर कार्कीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रको संचालन सचिव युवराज घिमिरेले गरेका थिए ।