दरवाहा मन्दिरमा खिचडी महोत्सव हुने

मेचीकाली संवाददाता

२६ पुष २०८०, बिहीबार
195 shares

तुलसीराम पौडेल
रुपन्देही ,पौष २६

रुपन्देहीको शुद्दोधन गाउँपालिका -५ सितलपाटी स्थित दरवाहा भुवनेस्वरी कोटही माइ मन्दिरको प्राङ्गणमा पौष २७ गतेदेखि २८ गतेसम्म खिचडी महोत्सव हुने भएको छ।थारु कल्याणकारी सभा शुद्दोधन गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिइएको हो। आयोजकले दिएको जानकारी अनुसार पौष २७ गते रक्तदान कार्यक्रम ,कुर्सी दौड ,हण्डीफोर ,कबड्डी ,घोगी दौड प्रतियोगिता लगायतका खेलकुद हुनेछ भने पौष २८ गते शनिबार मूल समारोह ,वृहत् सास्कृतिक कार्यक्रम सम्पन्न हुनेछन् ।थारु कल्याणकारीणी सभा शुद्धोधनको आयोजनामा खिचडी महोत्सव २७देखि २८ सम्म हुनेछन् ।

” हमहनके संस्कृति हमहनके शान, पहिचान बचैना हमहनके अभियान “को मुल नाराका २६४८ थारु समुदायको नयाँ वर्ष तथा माघी खिचडी महोत्सवको अवसरमा माघी (खिचडी) महोत्सवमा उपस्थित हुन थारु कल्याणकारीणी सभा शुद्धोधनका अध्यक्ष बद्रीप्रसाद थारुले सम्पूर्णमा आग्रह गर्नुभएको छ।
खिचडी महोत्सवमा थारु परिकारहरु घोघी,गगटो (केकडा),अन्वा माछा,लोकल माछा, अनदिको भुजा,आलुको चोखा,डिकरी,भेलीभुजा,बंगुरको मासु लगायतका विभिन्न परिकारको प्रदर्शन गरिने थारु कल्याणकारीणी सभा जिल्ला सदस्य पल्टन
चौधरीले बताउनुभयो।सो २६४८ थारु समुदायको नयाँ वर्ष तथा माघी खिचडी महोत्सवमा राष्ट्रिय थारू कलाकार सरगम प्रसाद,दिपेन्द्र, मिलन ,घनश्याम,राजन चौधरी,धनमाया चौधरी र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने थारु कल्याणकारीणी सभा शुद्धोधनका अध्यक्ष बद्रीप्रसाद थारुले बताउनु भयो।