बुटवल । बुटवल उपमहानगरपालिका कर्मचारी सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका कर्मचारी सहकारी संस्थाका अध्यक्ष केशव ज्ञवालीको अध्यक्षता र उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । साधारणसभा सभाको उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले बुटवल पछिल्लो समयमा सहकारीहरुमा देखिएको बिचलनमा कर्मचारी सहकारी संस्था एउटा उदाहरणीय सहकारी रुप देखा परेको उनले बताइन् । सामूहिक उद्देश्य प्राप्तिका लागि समूहबिचको सहकार्य नै सहकारी भएकोले आफ्नो गन्तव्य प्राप्तिमा निरन्तर क्रियाशील हुनुपर्ने कुरामा उनले जोड दिइन् ।
संस्थाका सल्लाहकार सितुप्रसाद श्रेष्ठले स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाइ समिति बुटवल उपमहानगरपालिका इकाइद्वारा सञ्चालित सहकारी अन्य इकाइका लागि समेत अनुकरणीय रहेको बताए । सभामा कोषाध्यक्ष रेश्मीराज घिमिरेले आर्थिक ०७९÷०८० को आर्थिक प्रतिवेदन कार्ययोजनासमेत प्रस्तुत गरेका थियो ।
सहकारीका लेखा समिति संयोजक माधवप्रसाद बश्यालले लेखा समितिको वार्षिक प्रतिवेदन पेश गरेका थिए । शेयरधनिका तर्फबाट टिकाराम पन्थीले आफ्नो धारणा व्यक्त गरेको सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, सल्लाहकार ठगिश्वर पोखरेल, ज्ञानप्रसाद अर्याल, अनिल माण्डव्यसमेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संस्थाका सचिव नारायण खनालले गरेका थिए ।