इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन

मेचीकाली संवाददाता

२९ पुष २०८०, आईतवार
730 shares

बुटवल । बुटवल–११ कालीकानगरस्थित इन्टलेक्चुअल स्कूलमा आइतबार खेलकुद सप्ताह समापन गरीएको छ । खेलकुदमार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियो।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल, खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईएको थियो ।

खेल सप्ताहको अवसरमा मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरेर पुरस्कृत गरिएको थियो । पुरस्कार प्रदान गर्दै स्कूल सञ्चालकका अध्यक्ष गोबिन्दप्रसाद मरासिनीले खेलकुदले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए ।

खेलासप्ताह गत बुधबारदेखि शुरु गरिएको थियो । सोही कार्यक्रममा स्कुलका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्बाचित भएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा.कृष्ण खरेल , संचालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेल लागायतले आआफ्नो धारणा राखेका थिए । अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकको अध्यक्षता तथा कोर्डिनेटर मित्रजन भन्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।