साधु बहुउद्देश्यीय सहकारीको साधरण सभा

मेचीकाली संवाददाता

१ माघ २०८०, सोमबार
881 shares


तुलसी राम पौडेल
रुपन्देही, पौष २९
रुपन्देहीको सियारी गाउँपालिका-२ भगदरी स्थित साधु बहुउद्देश्यीय सहकारी सस्थाको १८ औ बार्षिक साधरण सभा आइतबार सम्पन्न भयो। जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनीले साधरण सभाका उदघाटन गर्नुभयो। कार्यक्रम सहकारीका अध्यक्ष धनीराम चौधरीको अध्यक्षता तथा जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका सस्थापक अध्यक्ष अयोध्या प्रसाद थारु, नेपाल अडिटर्स एसोसिएसन(अडान) लुम्बिनी प्रदेश समितीका अध्यक्ष ओमबहादुर मल्ल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। सन्चालक समिति सदस्य तिर्थराज बन्जाडेको स्वागत मन्तव्य, ऋण समिती संयोजक सहसराम चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष धनिराम चौधरीबाट बार्षिक प्रतिवेदन, कोषाध्यक्ष हेम कुमार कुर्मीबाट आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियोे।