बुटवल । होटल पौवा प्रालिले आफनो ग्राहकलाई लक्षित गरि माघी उत्सव मनाएको छ । ‘चिसो चिसो माघमा पौवाको ताप, माघीको खिचडी तपाई हाम्रो साथ !’ साथ सोमबार माघे संङघ्रान्तीको अवसरमा आफ्ना देशभरका १२ वटै शाखामा पौवा माघी उत्सव मनाएको हो ।
माघेसंक्रान्ति/माघी/मकर संक्रान्ति पर्वका अवसरमा ग्राहकलाई परम्परागत र पहिचान सहितको सिजनल माघीका परिकारहरु खिचडी, अचार, चाकु, ढिक्रि, तिलको लड्डु, तरुल, शखर खण्डा, केराको अचार चखाएको छ । नेपालको हस्पिटालिटी सेवामा छुट्टै पहिचान बनाएको होटल पौवा प्रालि संस्कृतिलाई पहिलो प्राथमिकतामा राखेको छ । शहरी क्षेत्रमा रहेका ग्राहकसंग माघे संङघ्रान्तीका परिकार सम्झाउने गरि कार्यक्रम गरेको पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।
नेपाली परम्परा, संस्कृतिलाई पछयाउदै बर्सेनि पर्यटन प्रवद्र्धनका विशेष कार्यक्रम चलाउदै आएको उनले बताए । ‘संस्कृति जगेर्ना पौवाको पहिलो उदेश्य हो ।’ उनले भने । नेपाली संस्कृतिलाई ब्राण्डिङ गरेको उनले दाबी गरे । चिसो मौसममा माघीका परिकारहरुले ताप दिने हुदा पनि खान उपयुक्त हुने उनले बताए ।
बुटवल शाखामा ५ सय बढिलाई निम्तो दिईएको उनले बताए । देशभर रहेका पौवाका १२ वटा शाखामा पौवामा करीब ४ सय ५० जना युवाहरुलाई हस्पिटालिटी सेवामा रोजगार दिएको छ ।