मोतिपुर खानेपानीको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन बिहीवारदेखि शुरु।नया पदाधिकारीहरुको छनौटको लागि शनिबार मतदान हुने ।

मेचीकाली संवाददाता

१२ माघ २०८०, शुक्रबार
300 shares


तुलसीराम पौडेल —
रुपन्देही , माघ १२
रुपन्देहीको बुटवल उपमहानगरपालिका -१९ भुड्कैया स्थित मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन विहिवारदेखी शुरु भएको छ। संस्थाको तेस्रो अधिवेशन अन्तरगत बिहीबार साधारण सभामा पदाधिकारी छनौटको लागि व्यापक छलफल हुँदा पनि सहमती हुन नसकेपछि माघ १३ गते शनिबार बिहान ८ बजे मतदान हुने भएको हो ।
संस्थाको छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्द्घाटन खानेपानी सब डिभिजन क
र्यालय योगिकुटिका प्रमुख राजकुमार चौधरीले पानसमा बत्ति बालेर तथा फुलको गमलामा पानी हालेर गर्नुभएको थियो।
सो अवसरमा बोल्दै उहाँले खानेपानी मानव जिवनको महत्त्वपूर्ण चिज भएकोले सम्पुर्णलाई सर्वसुलभ उपलब्ध गराउन सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो ।कार्यक्रममा बुटवल -१९ का वडा अध्यक्ष चन्द्रसिह थापा ,बुटवल -१८ का वडा अध्यक्ष गुरु प्रसाद पङ्गेनी ,बुटवल -१७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मी , संस्थाका सल्लाहकार तथा पुर्व सचीव जोगबहादुर खत्री , पश्चिम् अमवा खानेपानीका अध्यक्ष झपेन्द्रराज अर्याल ,सेमलार खानेपानीका अध्यक्ष प्रेमप्रसाद पौडेल ,अमरमाविका प्रधानाध्यापक देवराज पौडेल ,गर्‍हौकालिका उद्दमी सहकारीका अध्यक्ष पोषराज चापागाईं ,जग्गादाताहरु मनकुमारी गुरुङ र श्रीमाया श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रम संस्थाका अध्यक्ष भिमप्रसाद न्यौपानेको अध्यक्षता र खानेपानी संस्था सब डिभिजन कार्यालय योगिकुटिका प्रमुख राजकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष भिमप्रसाद न्यौपानेबाट अध्यक्ष प्रतिवेदन ,कोषाध्यक्ष हीरा भण्डारीबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,सचिव राजु गौडेलबाट साङ्गठनिक तथा प्रशासनिक प्रतिवेदन , लेखासमिती संयोजक मणिरत्न भण्डारीबाट लेखाप्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष मिन प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन संस्थाका सचिव राजु गौडेलले गर्नुभएको थिए ।
संस्थामा प्रती १० घरधुरी १ जना प्रतिनिधि छनौट भैइ आउँदा ४०० जना प्रतिनिधि ,संस्थापक कार्यसमिति १४ जना ,कार्यसमिबाट मनोनीत १० जना ,जग्गादाता ४ जना गरि जम्मा ४२८ जना प्रतिनिधिहरु रहेका छन् ।