बुटवल । नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लुम्बिनी प्रदेश समितिको आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएको छ । कृषि विकास बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार लुम्बिनी प्रदेश कार्यालय भैरहवाको सभाहलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लुम्बिनी प्रदेश अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष अब्दुल मतीन मुसलमानको प्रमुख आतिथ्यता तथा नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समिति उपमहासचिब रामचन्द्र बि.क र कृषि विकास बैंक लुम्बिनी प्रदेश निर्देशक नारायणप्रसाद आचार्यको बिशिष्ट आतिथ्यता रहेको थियो ।
त्यस्तै, कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकका केन्द्रीय सदस्य नवराज गौतम, कृषि विकास बैंक कर्मचारी संगठन नेपालका अध्यक्ष राकेश यादब, कृषि विकास बैंक कर्मचारी संघ नेपालका अध्यक्ष संगम पोखरेल, कृषि विकास बैंक कर्मचारी युनियन नेपालका संयोजक यमप्रसाद आचार्य, कृषि विकास बैंक लि.भूतपूर्व कर्मचारी समाजका अध्यक्ष प्रमोद सिंह पहारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समिति केन्द्रीय सदस्य गणेश सिंह श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक केन्द्रीय उपाध्यक्ष अब्दुल मतीन मुसलमान, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समिति उपमहासचिब रामचन्द बि.क., नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लुम्बिनी प्रदेश समिति प्रदेश अध्यक्ष प्रकाश भट्टराई, कृषि विकास बैंक कर्मचारी युनियन नेपालका लुम्बिनी प्रदेश संयोजक यम प्रसाद आचार्य, कृषि विकास बैंक कर्मचारी संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष संगम पोखरेल, कृषि विकास बैंक कर्मचारी संगठन नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राकेश यादब, कृषि विकास बैंक लुम्बिनी प्रदेश निर्देशक नारायण प्रसाद आचार्य, नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक केन्द्रीय सदस्य नवराज गौतम लगायतले बोल्दै रक्तदानको मानव जीवनमा ठूलो महत्व रहेको बताउँदै मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा ३१ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासीका कृषि विकास बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु साथै यस बैंकबाट अबकास प्राप्त कर्मचारी र विभिन्न संघ संस्थाहरुबाट समेत उपस्थिती रहेको थियो ।