तुलसीराम पौडेल
फर्साटिकर । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित मोतिपुर खानेपानी तथा सरसफाइ संस्थाको अध्यक्षमा जंगबहादुर खत्री निर्वाचित भएका छन् । शनिबार सम्पन्न छैठौं बार्षिक साधरण सभा तथा तेश्रो अधिवेशनले खत्रीको अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
मतदानबाट पदाधिकारीहरु छनौट गर्ने भनिएपनि छलफलबाटै सर्वसम्मत रूपमा सर्वसम्मत पदाधिकारीहरु निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा मीन प्रसाद श्रेष्ठ, सचिवमा केशवराज पाण्डे, कोषाध्यक्षमा कृष्ण बहादुर नेपाली र सह सचिवमा दुर्गा चापगाई निर्वाचित भएका छन । त्यसैगरि बुटवल वडा न १७ संयोजकमा नाथु कठरिया थारु, वडा न १८ को संयोजकमा जनक गौतम र वडा न १९ को संयोजकमा केदार न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्य महिलाहरुमा लक्ष्मी भुषाल शर्मा र माया राना निर्वाचित भएका छन् । आदिवासी जनजाति दलिततर्फ सदस्यमा डिलबहादुर थापा मगर निर्वाचित भए । त्यसैगरी लेखा समितिको संयोजकमा हरिप्रसाद सुवेदी, सदस्यहरुमा डोलराज पाण्डे र सागर पङ्गेनी सर्वसम्मत निर्वाचित भएका छन् ।