राष्ट्रलाई परिचित गराउन खेलको महत्वपुर्ण भुमिकाः मन्त्री श्रीपाली

मेचीकाली संवाददाता

१४ माघ २०८०, आईतवार
257 shares

अनिल नेपाली

अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला श्रीपालीले राष्ट्रको समृद्धिसँगै अन्तराष्ट्रिय रुपमा परिचित गराउनका लागि खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको बताएकी छिन् ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आईतबार गुह जिल्ला अर्घाखाँचीमा शुभारम्म गदै मन्त्री श्रीपालीले यस्तो बताएकी हुन् । मन्त्री श्रीपालीले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहेको बताइन् ।
राष्ट्रको नामसँगै व्यक्तिको नाम र प्रतिष्ठासँग जोडिएको खेल क्षेत्रको बिकास हुन आवश्यक रहेको उनको भनाई थियो । खेल क्षेत्रको विकासले देशको समृद्धिसँगै हरेक मानिसहलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ बन्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले खेलाडीलाई राज्यले सम्मान गदै खेल क्षेत्रको विकासका लागि नयाँ आयामहरु ल्याउने उनले बताइन् ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासघका उपाध्यक्ष विरेन्द्र केसीले मन्तब्य राख्दै खेलले मानिसलाई शारिरीक मानसिक रुपमा स्वस्थ्य राखी बहुआयमिक बनाउने बताउदै खेल क्षेत्रको विकास अनिवार्य अपरिहार्य भएको उल्लेख गरे ।

आइतबारदेखि ३ दिनसम्म चल्ले खेलमा जिल्लाका विभिन्न गाँउपालिका नगरपालिका विद्यार्थीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रम खेलखुद विकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्रीको अध्यक्षता, कोषाध्यक्ष प्रेम आलेको स्वागत, जर्नादन गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।