वालिङमा महोत्सवको रौनक बढ्यो

मेचीकाली संवाददाता

१५ माघ २०८०, सोमबार
267 shares

मुक्ति न्यौपाने
वालिङ। स्याङ्जाको वालिङमा हुन लागेको महोत्सव महोत्सव नजिकिदै गर्दा रौनक बढेको छ भने वालिङ बजार दुलही जस्तै सिगारिएको छ ।

‘हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवको मिति नजिकिँदै गर्दा वालिङ बजार रंगीचंगी ध्वजा पतका र ब्यानरले बजार झकिझकाउ भएको छ ।

माघ १८ गते देखि २८ सम्म सचालन हुने महोत्सवका लागि बजार सजावट गर्न बजारबासी यतिबेला व्यस्त देखिन्छन् । आआफना घर पसल अगाडि आफ्नै लगानीमा सजाएका हुन् ।

महोत्सव स्थलमा बाल उद्यान, पिङ, लगायत स्टलहरुको निर्माण कार्य पनि अन्तीम चरण पुगेको मूल आयोजक समितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।

लामो समय कोरोनाको महामारी भएपछि रोकिएको महोत्सव पुन सन्चालन हुन लागेपछि जिल्लाबासि उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताए ।