एमाले देवदहको अध्यक्षमा भट्टराई विजयी

मेचीकाली संवाददाता

१६ माघ २०८०, मंगलवार
119 shares

बुटवल । नेकपा एमाले देवदह नगर अध्यक्षमा केशव भट्टराई विजयी भएका छन् । नेतृत्वमा सहमति नभएपछि तीन जनाबिच चुनाव भएको थियो । २२० मतदाता रहेको निर्वाचनमा भट्टराईले ११८ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी कृष्ण पौडेलले ५४ र विष्णु अर्यालले ४८ मत पाए । यस्तै उपाध्यक्षमा कोषबहादुर गुरुङ विजयी भएका छन् ।

गुरुङले १०८ मत पाउँदा सम्झना दुबेले ३५, पिताम्बर खरेलले ३३, मनबहादुर चौधरीले १९ र त्रनबहादुर सुनारले १८ मत पाए । सचिवमा गणेश डुम्रेले ९५ मत पाएर निर्वाचित भएए भने प्रतिस्पर्धी अजय रौनियारले ७३ र जगन्नाथ अधिकारीले ४२ मत पाए । यस्तै उपसचिवमा चन्द्रकान्त खरेल ८८ मत पाएर निर्वाचित हुँदा घनश्याम भण्डारीले ५९, दाताराम अर्यालले ३४ र खेमबहादुर चौहानले १० मत पाएका स्थानीय एमाले नेता गुमानसिंह कुँवरले जानकारी दिए ।

पदाधिकारीमा सहमति हुन नसकेपनि नगर सदस्य पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । लेखा समितिको अध्यक्षमा प्रेम भण्डारी र उपाध्यक्षमा जसु पुन निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।