चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

मेचीकाली संवाददाता

२५ माघ २०८०, बिहीबार
171 shares

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चोरी सम्बन्धी कसुरको मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ०७९ असार ३ गते देखि चोरी मुद्दामा फरार प्रतिवादीलाई ७ महिना १९ दिन कैद सजाय ५ हजार जरिवाना तोकिएको थियो ।

घटना मितिदेखी फरार रहेका वाणगंगा नगरपालिका ७ बनगाई बस्ने २८ बर्षीय ऋषिकेश थापालाई माघ २५ गते पक्राउ गरी कपिलवस्तु जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलिले बताए ।