दुर्घटना न्यूनीकरण गर्न ‘व्यारिकेड’ स्थापना

मेचीकाली संवाददाता

२५ माघ २०८०, बिहीबार
91 shares

पार्वती आचार्य

कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बढ्दो दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्लाको तीन स्थानमा व्यारिकेड स्थापना गरी सवारी चेकजाँचको निगरानी बढाएको छ । पञ्चकन्या गु्रप भैरहवाको सहयोगमा पिपरा, चन्द्रौटा र महाराजगञ्जमा व्यारिकेड स्थापना गरेपछि सो क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
व्यारिकेड स्थापना भएपश्चात उक्त क्षेत्रहरुमा सवारी दुर्घटनामा कमी आएको छ । व्यारिकेडमा २४ सै घण्टा सुरक्षाकर्मीको डिउटी खटाइएको छ । रातिको समयमा गाडीको चेकजाँच गरी गाडी नम्बरसमेत राख्ने गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । दुर्घटना हुनेमा सबैभन्दा बढी महेन्द्र राजमार्ग, चार नम्बर तौलिहवा सडक र हुलाकी मार्गमा बढी दुर्घटना हुने गरेको छ ।

सवारी चालकको लापरवाही हुनु, पैदल यात्रीहरुले सतरकता नअपनु नै दुर्घटना बढी हुनुका मुख्य कारण हुन् । सवारी दुर्घटनाको न्यूनीकरण गर्न जिल्लाको सातवटा ईलाकाको क्षेत्रहरुमा प्रहरी टोलिले सवारी साधनहरुको भिगरस चेकजाँच गर्दै आएको छ । सो अवसरमा सवारी चालकहरुलाई परार्शसमेत गर्दै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक पौडेलले बताए ।

यस्तै पिक आवरमा विशेष फोकस गरी दुईटा मोटरसाइकल, दुईटा क्यूआरटीको रुपमा मोटरसाइकलहरु दुर्घटना सम्भावित क्षेत्रमा राख्ने योजना बनाएको छ भने केही कार्यहरु लागू गरिसकिएको छ । मोवाईलहरु अफिसमा नराखी सडक सडकमा राख्ने साँझ र बिहानको समयमा प्रहरीलाई सडक र दुर्घटना हुने एरियामा गस्ती गर्न निर्देशन दिइसकिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मातहतका इलाकाहरु र स्थानीय तहहरुसँग समन्वय गरी विभिन्न सचेतनामूलक अभियानहरु संचालन गर्ने योजना रहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।