मानुषी लघुवित्तको आईपीओ बाँडफाँड

मेचीकाली संवाददाता

७ भाद्र २०७८, सोमबार
713 shares

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो ।

गोलाप्रथाबाट गरिएको बाँडफाँटमा कुल ३६ हजार ८ सय ५६ जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् भने लक्की ३ जनाले ११/११ कित्ता सेयर पारेको विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।

कम्पनीको आईपीओ लागि कुल २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका लागि दिएको आवेदन सदर भएको थियो भने ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ निष्काशन गरेकोमा ५ हजार ४ सय ६९ कित्ता सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको र ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

सेयर बाँडफाँडको नतिजा (रिजल्ट) बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिन्छ भने मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्टबाट समेत हेर्न सकिनेछ ।