बुटवल । कपिलवस्तुमा रात्रि बस दुर्घटनामा मृत्यु भएका १० जना सबैको पहिचान खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा रौतहट औरही नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, सोही नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारीको पनि दुर्घटनामा मृत्यु भएको खुलेको छ ।
त्यस्तै, भीमदत्त नगरपालिक १६ कि सञ्जु थापा, भिमदत्त नगरपालिका नै बस्ने खगेश्वरी खाती, सोही नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भट्ट, पुनर्वास नगरपालिका किसन भट्ट, सोही नगरपालिका वडा नम्बर ९ बिसफाटा बस्ने विमलादेवी भट्टको दुर्घटनामा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुई सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई उपचारका लागि बुधबार राति नै बुटवल रिफर गरिएको थियो ।
पाँच जनाको स्थानीय आधारभुत अस्पतालमा उपचार भइरहेको छ । ६ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । अन्य १० जना घाइतेको कपिलवस्तुकै सञ्जीवनी अस्पतालमा उपचार भइरहेको र उनीहरूमध्ये पनि अवस्था गम्भीर भएकाहरूलाई अन्यत्र रिफर गर्ने प्रक्रियामा रहेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।
मध्यरातमा दुर्घटना भएको र प्रहरीलाई राति साढे १ बजेमात्र जानकारी भएकाले घाइते र मृतक ४० जनाको उद्धार गरी अस्पताल पु¥याउन नै धेरै समय लागेको प्रहरी उपरीक्षक वलीले बताए ।
घाइते सबैको पहिचान खुलेको छ । घाइते हुनेमा ओखलढुंगाका लोकबहादुर कार्की रहेका छन् । उनी रूद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार रहेको खुलेको छ । कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय पूर्णबहादुर चन्द, कैलाली, बेलडाँडी नगरपालिका वडा नम्बर १ का २४ वर्षीय महेश सुनार घाइते भएका छन् ।
त्यस्तै बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुशील कुँवर, गुल्मी, मालिका गाउँपालिका वडा नम्बर ७ का २९ वर्षीय अर्जुन कार्की पनि घाइते भएका छन् । कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १८ का २८ वर्षीय सन्तोष चौधरी, बसका सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १८ का ३५ वर्षीय केशव हमाल रहेका छन् ।
यस्तै बैतडी मेनौली नगरपालिका वडा नम्बर १ का २२ वर्षीय राजेश दयाल, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नितेश सुनार घाइते रहेका छन् ।
यसैगरी गोरखा, शहीद लखन गाउँपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीया मनोज विक, दार्चुला, शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय नवीन भट्ट पनि घाइते छन् ।
कञ्चनपुर, भीमदत्त नगरपालिका १४ बस्ने ३३ वर्षीया गीता कुँवर र उनका १२ वर्षका छोरा नवीन कुँवर पनि घाइते भएका छन्। ओखलढुंगाका १९ वर्षीय बिसन भुजेल, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ का ३१ वर्षीय मोहनसिंह लोहार, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का ४१ वर्षीय अनील तन्डुकार पनि घाइते छन् ।
दुर्घटनामा कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १६ का ५४ वर्षीया नारायणी थापा, त्यही ठाउँमा २८ वर्षीय दिपेन्द्र बोहोरा पनि घाइते भएका छन् । कैलाली, लम्किचुहा नगरपालिका वडा नम्बर १ की २७ वर्षीय रेखा आचार्य, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नबम्बर १८ की ४१ वर्षीया शान्ति सिंह, कैलाली गेरुवा गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय गणेश काफ्ले, उनकी २७ वर्षीया श्रीमती रेखा आचार्य, तीन वर्षकी छोरी श्रृष्टि काफ्ले घाइते भएका छन् ।
यस्तै, भारत उत्तर प्रदेश मुद्राबास का ३५ वर्षीय मोहम्मद रिजन, सोही ठाउँका ५४ वर्षीय अनिश मनियार पनि घाइते छन् । धादिङ, सिम्लेका २५ वर्षीय कृष्ण नेपाली, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ का २० वर्षीय सुमन विष्ट, सोही नगरपालिका वडा नम्बर १ का २० वर्षीय मनोजसिंह धामी पनि घाइते छन् ।
कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ कै २० वर्षीय अशोक सिंह, सोही नगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय ज्ञानेन्द्र पाल घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।