अनिल नेपाली
अर्घाखाँची । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले नेपाली समाज र भौगोलिक बनावटका हिसाबले संघीयता निर्माण भएको बताएका छन् । सन्धिखर्कमा सञ्चालन भएको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानिय सरकारले संघ र प्रदेशसँग समन्वय गरेर कानुन निर्माण गर्नुपर्ने बताए । फास्ट ट्र्याकबाट भएपनि प्रदेश निजामती नियमावली ल्याउने गरी प्रदेश सभा लागिरहेको धारणा राखे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, समन्वय प्रमुख जिवनारायण कोईरालाले मन्तव्य राख्दै यस अन्तरक्रिया कार्यक्रमले स्थानिय कानुन निर्माणका निम्ति सहजीकरण गर्ने बताए । पालिकाले कानुन निर्माण गर्न कुनै विलम्व गर्न नहुनेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सचिवालय सचिव दुर्लभ कुमार पुनमगरले प्रदेश सभा र स्थानीय तहको कानुन निर्माण प्रक्रियाका बारेमा प्रकाश पारेका थिए । साथै सहभागीहरुबाट उठेका जिज्ञासा र प्रश्नहरुमाथी प्रष्ट पारे । यस्तै प्रदेश सभा कर्मचारी महाशाखा प्रमुख सम्झना ज्ञवालिले गाउँसभा र नगर सभा सन्चालन सम्बन्धी अन्तरक्रियात्मक सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा उपसभामुख मेनुका खाण, जिल्ला समन्यव उपप्रमुख लक्ष्मी शर्मा, जिल्लास्थित सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शितगङ्गा नगरपालिकाका प्रमुख छबिलाल पौडेल, भुमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, मालारानी गाउपालिकाका अध्यक्ष दल बहादुर भट्टराई, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष मनि पन्थी, सन्धिखर्क नगर उपप्रमुख मिश्रा आचार्य, शितगङ्गा उपप्रमुख गिता भाट, भुमिकास्थान नगर उपप्रमुख बालकृष्ण बन्जाडे, मालारानी उपप्रमुख दिपा पोख्रेल, पाणिनी उपप्रमुख नर्मदा गौतम पौडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, सन्धिखर्क नगर प्रमुख प्रसासकिय अधिकृत खुमलाल भुसाल, शितगङ्गा नगर प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा, भुमिकास्थान नगर प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्य, मालारानीका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण कडेल, पाणिनीका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, छत्रदेवका योजना शाखा प्रमुख शिव बहादुर सुनार, पत्रकार महासङ्गका अध्यक्ष अशोक खनाल, पालिकाका शाखागत प्रमुख, प्रदेश सभाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।