फर्साटिकरमा श्रीमद भागवत महायज्ञ सुरु

मेचीकाली संवाददाता

३ फाल्गुन २०८०, बिहीबार
267 shares

तुलसीराम पौडेल

फर्साटिकर। रुपन्देहीको शुद्दोधन गाउँपालिकाका–५ खजुरीयामा संस्कृत विद्यापिठ स्थापना गर्ने उद्देश्यले वडा नम्बर–४ सौ फर्साटिकरमा बुधबारदेखि श्रीमद भागवत महायज्ञ शुरु भएको छ ।

लुम्बिनी प्रदेश गृहमन्त्री सन्तोष पाण्डेयले महायज्ञको उद्घाटन गरे । सो अवसरमा बेल्दै संस्कृत विद्यापिठ भवन निर्माणको लागि सहयोग गर्ने बिश्वास दिलाए ।

यज्ञ मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय रुपन्देहीका अध्यक्ष उमाकान्त चापागाई, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल, उपाध्यक्ष शान्तादेवी ज्ञवाली, कथावाचक सरस प्रवक्ता नारायण कृष्ण पाण्डे, नेपाली काङ्ग्रेस शुद्दोधनका अध्यक्ष दामोदर पौडेल, रास्टिय स्वतन्त्र पार्टी शुद्दोधनका अध्यक्ष राजन पौडेल, नेकपा माओवादी शुद्दोधनका अध्यक्ष रुक्मागत खनाल, रास्टिय जनमोर्चा शुद्दोधनका अध्यक्ष लिलाधर घिमिरे लगायतले आफ्नो भनाई राख्दै शुभकामना दिएका थिए ।

फागुन ११ गतेसम्म चल्ने महायज्ञमा प्रमुख कथा बाचक चन्द्रकान्त काफ्लेबाट कथा प्रवचन हुने छ । महायज्ञको दैनिकी कार्यक्रम अन्तर्गत अनुसार फागुन ३ गतेदेखि प्रतिदिन बिहान ६ः३० देखि ८ बजेसम्म यज्ञमण्डपमा पुजा भगवत आराधना, बिहान ८ बजेदेखि ११ बजेसम्म पाठ परायण हुनेछ । त्यस्तै मध्यान्ह १२ बजेदेखि ४ः३० सम्म संगीतमय कथा प्रबचन, झाकी ४ः३० देखि ५ बजेसम्म आरति तथा प्रसाद ग्रहण, साझ ६ बजेदेखि ७ बजेसम्म शृङ्गारिक महाआरती हुनेछ भने हरेक दिन साँझ ७ बजेदेखि ९ः३० सम्म किर्तन एवं महात्मय कथा हुने महायज्ञ मुल समितिले जानकारी दिएको छ ।

महायज्ञ मुल समितिका उपाध्यक्ष ओम प्रकाश ठाकुरको स्वागत मन्तव रहेकोे कार्यक्रमको सञ्चालन डोलराज गैरेले गरेका थिए ।