एमालेद्वारा लुम्बिनी प्रदेश सभाको बैठक अवरोध (लाईभ)

मेचीकाली संवाददाता

७ भाद्र २०७८, सोमबार
378 shares

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरोध गरेको छ । आफ्नो पार्टीले कारवाही गरेका २ सांसदको बारेमा सूचना दिनुपर्ने माग गर्दै सदनमा नाराबाजीसहित अवरोध गरेको हो । अहिले एमालेले संसदको रोष्टम घेराउ गरेर नारा लगाइरहेका छन् ।

एमालेले कारवाही गरेका सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई कारवाहीको सूचना टाँस गरी पदमुक्त नगर्दासम्म सदन चल्न नदिने एमालेले अडान लिएको छ ।

प्रतिपक्ष एमालेको अवरोधपछि नवौं अधिवेशनका कुनै पनि बैठकहरु पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् ।