लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगीत

मेचीकाली संवाददाता

७ भाद्र २०७८, सोमबार
630 shares

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा पनि अवरोध गरेको छ । आफ्नो पार्टीले कारवाही गरेका २ सांसदको बारेमा सूचना दिनुपर्ने माग गर्दै सदनमा नाराबाजीसहित अवरोध गरेपछि दिउसो २ः३० बजेसम्मका लागि स्थगीत भएको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले संसदको रोष्टम घेराउ गरेर नारा लगाइरहेका थिए ।

एमालेले कारवाही गरेका सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई कारवाहीको सूचना टाँस गरी पदमुक्त नगर्दासम्म सदन चल्न नदिने एमालेले अडान लिएको छ । प्रतिपक्ष एमालेको अवरोधपछि नवौं अधिवेशनका कुनै पनि बैठकहरु पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् ।