बुटवल । बुटवल–११ देविनगरस्थित भूतपूर्व सैनिक कल्याण क्लबको ३७ औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्लबका अध्यक्ष होमबहादुर छन्त्यालको अध्यक्षता, बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
क्लबले वार्षिकोत्सवको अवसर पारेर बिभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर ११ को टिम प्रथम भयो भने वडा नम्बर १७ को टिम द्वितीय भएको थियो । त्यस्तै महिला डबल ब्याड्मिन्टन तर्फ बिमला पुन र प्रकृति राना प्रथम भए भने मनु थापा र प्रतिक्षा द्वितीय भए । पुरुष डबल ब्याड्मिन्टन तर्फ रम बहादुर थापा र दिनेश थापा प्रथम भए भने सिरिष थापा र पुर्ण थापा द्वितीय भएका थिए ।
यसैगरी बास्केट बलतर्फ वडा नम्बर ८ प्रथम भयो भने वडा नम्बर ७ को टिम द्वितीय भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमहरुलाई प्रोत्साहन स्वरुप कप मेडल र खेलअनुसार समितीले निर्धारण गरेको नगद ३ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरीएको थियो । बिभिन्न साँस्कृतीक कार्यक्रम तथा नृत्यसमेत प्रस्तुत गरीएको थियो ।
कार्यक्रममा अध्यक्ष छन्त्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लब भूपू सैनिकलाई एकै ठाउँमा उभ्याएर हरेक समस्यामा समाधानको खम्बा बनेर उभिने माध्यम बनेको उनले बताए । क्लबका उपाध्यक्षमा मोम प्रसाद गुरुङको स्वागत तथा सचिव जीतबहादुर पुन र लक्ष्मी पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।