अर्घाखाँची आगोमा जलेर घाइते भएकी बृद्धाको मृत्यु

मेचीकाली संवाददाता

६ फाल्गुन २०८०, आईतवार
872 shares
सांकेतिक तस्विर

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ काउलेकी ८१ वर्षीया महिलाको आगोमा जलेर मृत्यु भएको छ।

घरमा खाना बनाउने क्रममा आगोले जलेर गम्भीर घाइते भएकी पार्वती पाण्डेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक विक्रम रिजालले बताए ।

गत सोमबार आगोले जलेर घाइते भएकी उनको उपचारका क्रममा पाल्पाको तानसेनस्थित मिसन अस्पताल आइतबार बिहान मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ।