ज्ञानगङ्गा पाठशालाको १२ औँ वार्षिकउत्सव सम्पन्न

मेचीकाली संवाददाता

७ फाल्गुन २०८०, सोमबार
580 shares

पार्वती न्यौपाने
तिलोत्तमा । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले राष्ट्रको समग्र विकासका लागि शिक्षाको विकास अपरिहार्य रहेको बताए । ज्ञानगङ्गा पाठशाला तिलोत्तमा–४ को १२ औँ वर्षिकउत्सव तथा अभिभावक दिवस समारोहको उद्घाटन गर्दै उनले सरकारले उचित शिक्षा नीति बनाएर संस्थागत तथा सामुदायिक विद्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए । युवाहरूलाई आत्मनिर्भर बनाउन विद्यालय र अभिभावकको महत्वपूर्ण जिम्मेवारी हुने घिमिरेले उल्लेख गरे ।

विद्यालयका प्रअ चन्द्र अधिकारीले कार्यक्रममा विद्यार्थी, शिक्षकसंगै अभिभावकको सहभागिताले सकारात्मक सन्देश दिएको बताए । सञ्चालक समिति अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरका शिक्षा तथा खेलकुद शाखा प्रमुख गगाराम आचार्य, तिलोत्तमा वडा ४ का अध्यक्ष हरिबादुर क्षेत्री र वडा १ का अध्यक्ष फर्सुराम गिरी, अभिभावक संघ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कुलचन्द्र पुरीलगायतले बोलेका थिए ।

फागुन २ बाट सुरु भएको कार्यक्रममा सोमबार खाना महोत्सव, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी गरिएको थियो । फागुन २ बाट सुरु भई सोमबार समापन भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थी, अभिभावक र शिक्षकहरूले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।