मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने तयारी

मेचीकाली संवाददाता

७ भाद्र २०७८, सोमबार
708 shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आजै विस्वासको मत लिने तयारी गरेका छ । प्रदेशको बैठक एमालले निरन्तर अवरोध गरेपछि साढे दुई बजेसम्मको लागि स्थगित छ । विपक्षीले प्रदेशसभाको अधिवेशन सुरु भएपछि बैठक चल्न सकेको छैन ।

माओवादी केन्द्रका सांसद सुदर्शन बरालले आजै विश्वासको मत लिने तयारी रहेको बताए । उनले भने, ‘अबको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छौं ।’ सत्तापक्ष पेलेर जाने रणनीतिमा छ । प्रदेशसभाले सबै तयारी पूरा गरेको जनाएको छ ।

अहिले सत्तारुढ गठबन्धनको संसदीय दलको बैठक जारी छ । एमाले सांसद बैजनाथ चौधरीले विश्वासको मत लिने बारेमा आफूलाई कुने जानकारी नभएको बताए । ‘वैठक अवरुद्ध भएपछि आधा घण्टाको लागि स्थगित भएको छ हामीलाई बार्ताको लागि पनि बोलाएको छैन । यो बारे हामीलाई जानकारी छैन ।’