दोस्रो पदमबहादुर स्मृति राष्ट्रिय कराते प्रतियोगीता सम्पन्न

मेचीकाली संवाददाता

१३ फाल्गुन २०८०, आईतवार
417 shares

रुपन्देहीको फर्साटिकरमा भइरहेको दोस्रो पदम बहादुर स्मृति राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगिताको उपाधी जापान गोजुरियो कराते -डो क्यान्वाकाइ नेपाल एसोसिएसन शाखा रुपन्देहीले जितेको छ। जापान गोजुरियो कराते -डो क्यान्वाकाइ नेपाल एसोसिएसन शाखा रुपन्देहीले 12 स्वर्ण ,20कास्य र 32 रजत पदक जित्दै प्रथम ,जापान गोजुरियो डो मिसान मणिग्रामले 8 स्वर्ण,14 कास्य र 24 रजत जित्दै द्वितीय र सितोरियो बुटवलले 4 स्वर्ण,12 कास्य र 14 रजत जित्दै तृतीय भएको छ।
जापान गोजुरियो कराते -डो क्यान्वाकाइ नेपाल एसोसिएसन शाखा रुपन्देहीको यमकुमारी थापा, लुम्बिनी प्रदेश खेलकुद विकास समिती सदस्य सचिव जयप्रकाश भट्टराई लगायतले उपाधी जित्न सफल टिमलाई शिल्ड,मेडल प्रमाणपत्र प्रदान गर्नुभयो।