कृषकहित सहकारीद्वारा बृहत् रक्तदान

मेचीकाली संवाददाता

७ भाद्र २०७८, सोमबार
671 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोेधन गाउँपालिका–२ शान्तिनगरस्थित कृषकहित स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ७० युनिट रगत संकलन गरिएको संस्थाका व्यवस्थापक पदम काफ्लेले जानकारी दिए ।संस्थाको २४औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ७० जना रक्तदाताहरुले रक्तदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिका–२ का अध्यक्ष विष्णुप्रसाद बस्यालले सहकारीका गतिविधिलाई वडाले पनि नजिकैबाट नियालेको बताउँदै रक्तदान जस्ता सामाजिक काममा अग्रसर हुने सहकारीहरुलाई वडा कार्यालयले पनि सहयोग गर्ने बताए ।

संस्थाका अध्यक्ष उमाकान्त चापागाईंले संस्थाले आर्थिक कारोबार मात्र नभई यस क्षेत्रमा रक्तदान कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएको बताए । अध्यक्ष उमाकान्त चापागाईंको अध्यक्षता, शुद्धोधन–२ का अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन संस्थाका सचिव शंकर गौतमको गरेका थिए ।

२०५५ साल भदौ ७ गते स्थापना भएको सहकारी संस्थाले स्थापना दिवसका अवसरमा नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । यस क्षेत्रमा नियमित रक्तदान कार्यक्रम गर्दै संस्थाले महिलाहरुमा पनि रक्तदान गर्नुपर्छ भन्ने भावना जगाउँदै महिला रक्तदाताको संख्यामा समेत वृद्धि गर्दै आएको छ ।