लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

मेचीकाली संवाददाता

७ भाद्र २०७८, सोमबार
870 shares

प्रकाश आचार्य
बुटवल, भदौ ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को उपस्थिति बिना प्रदेश सभाबाट विश्वासको मत लिएका छन् ।

प्रदेश सभामा एमालेको बहिस्कारबीच मुख्यमन्त्री भएको १२ दिनपछि सोमबार विश्वासको मत लिएका हुन् । साउन २८ गते प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

संविधानको धारा १६८ उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा केसी मुख्यमन्त्री भएका हुन् । मतदानमा उपस्थित ४३ जना मध्ये केसीको पक्षमा ४२ मत परेको थियो ।